२०८३, १३ कार्तिक शुक्रबार

निर्माण सम्बद्ध श्रमिक संघको बैठक सम्पन्न

निर्माण सम्बद्ध श्रमिक संघको बैठक सम्पन्न


काठमाडौं, २६ फागुन : नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघको केन्द्रीय समितिको बैठक दाङको लमहिमा सम्पन्न भएका छन् । बैठकको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले निर्माण क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा दिलाउन अझै लड्नु पर्ने बताए ।

सरकारले तामझामकाबिच घोषणा गरेको सामाजिक सुरक्षाले सबैलाई समेट्ने भने पनि अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न ठुलो चुनौती रहेको उल्लेख गर्दै संगठनलाई सशक्त बनाउदै ठोस नियमावली लगायतको विषयलाई प्रभावकारी दबाब दिनु पर्ने बताए । उपमहासचिव राजेस पालिखेले निर्माण श्रमिकहरुलाई श्रम कानुनले अझै पनि नसमेटेको उल्लेख गर्दै श्रम कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग राखे ।

बैठक स्थानीय तह सम्म समिती गठन गर्ने, असार मसान्तसम्म सदस्यता अद्दवधिक गर्ने निर्णय गर्नुकासाथै विभिन्न दश वटा विभागीय संयोजकहरु समेत तोकेका छन् । जसमा संगठन दुर्गा भन्डारि, सहकारी तथा सिप विकास खम्म शाह, आर्थिक गजेन्द्र पुडासैनी, वैदेशिक ध्रुव राय, श्रम सम्बन्ध कृष्ण श्रेष्ठ , राजनीतिक अयुब हुसेन, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा संग्रामजित लामा, योजना तथा अनुसन्धान लक्ष्मी लामिछाने र प्रचार प्रसार विभागमा हरिशरण धिताललाई जिम्मेवारी दिएका छन् । बैठक नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघका अध्यक्ष जेबि गुरुङको अध्यक्षयतामा सम्पन्न भएको महासचिव प्रदिप आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, २६ फाल्गुन आईतबार  ९ : ५३ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित