२०८२, २५ कार्तिक सोमबार

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर


काठमाण्डौ, फागुन २५ गते :खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताएकी छन् ।

पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड ) का कार्यकारी निर्देशक लीला प्रसाद ढकालले खानेपानीका नयाँ योजना तर्जुमाका लागि बोर्ड लागिरहेको बताए ।

खानेपानी मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक र सामाजिक श्रोत विकास केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोगमा फूलबारी एक्लेवर खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो आयोजनाको कूल लागत ७२ लाख ७१ हजार रहेको छ भने यस आयोजनाबाट ५०८ घर धुरीहरु लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  ८ : ३३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य