२०८२, ११ फाल्गुन सोमबार

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर

सबै नेपालीको घरमा शुद्ध पिउने पानीः खानेपानी मन्त्री मगर


काठमाण्डौ, फागुन २५ गते :खानेपानी मन्त्री बिना मगरले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुबिधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे बताएकी छन् ।

पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड ) का कार्यकारी निर्देशक लीला प्रसाद ढकालले खानेपानीका नयाँ योजना तर्जुमाका लागि बोर्ड लागिरहेको बताए ।

खानेपानी मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक र सामाजिक श्रोत विकास केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोगमा फूलबारी एक्लेवर खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो आयोजनाको कूल लागत ७२ लाख ७१ हजार रहेको छ भने यस आयोजनाबाट ५०८ घर धुरीहरु लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  ८ : ३३ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार