२०८३, ३१ असार बिहीबार

नमोबुद्ध पुगेर सासंद चन्द्रको घोषणाः मतको अवमूल्यान हुदैँन, ग्रामीण सडक पिच गर्छु

नमोबुद्ध पुगेर सासंद चन्द्रको घोषणाः मतको अवमूल्यान हुदैँन, ग्रामीण सडक पिच गर्छु


धुलिखेल, फागुन २५ गते : काभ्रे निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (ख) बाट निर्वाचित सांसद चन्द्र लामाले आफ्नो निर्वाचन क्षेत्रका सबै ग्रामीण सडक समेत पिच गर्ने घोषणा गरेका छन् ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ९ को नेपाने बुद्धपार्क डाँडामा आयोजित ल्होछार कार्यक्रममा प्रमूख अतिथि बनेका उनले नमोबुद्ध नगरभित्र आफुले गरेका विकासको फेरिस्त सुनाए । सस्कृतिलाई जोगाउन हरेक जात जाति, भाषा, धर्मको सम्मान गर्नु पर्ने बताएका उनले आफ्नै पहलमा नगरभित्रको सडक विस्तार र मर्मतका लागि २५ करोड ल्याएको दाबी गरे ।

उक्त रकमबाट नगरका विभिन्न १८ वटा सडक आयोजनाको काम पूरा हुनेछ । ‘यी मध्ये धेरै सडक पिच हुन्छन्, उनले भने ‘तपाईहरु ढुक्क हुनुहोस् टेन्डर भइसकेको छ, अब काम तिब्र गतिमा अघि बढ्छ ।’

संघीय सरकारको सुःखी नेपाली, समृद्ध नेपाल भन्ने उद्देश्य पूरा गर्न तीनै तहको सरकारले समन्वयात्मक भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘तीन तहको सरकारले गर्ने काम भनेको जनताको जीवनस्तर सुधारकै हो, उनले भने ‘मलाई तपाईहरुले मत दिएर निर्वाचित गराउनु भएको हो, त्यो मतको अवमूल्यन हुने काम म बाट हुदैँन् ।’

कार्यक्रममा नगरप्रमूख टिपी शार्माले नगरपालिकाले ल्होछारमा दुईदिन सार्वजनिक बिदा दिएर सम्मान गरेको उल्लेख गरे । ‘नमोबुद्धलाई हामी बुद्ध सर्किट बनाउने तयारीमा जुटिरहेका छौँ, उनले भने ‘नगरको नामै नमोबुद्ध भएकाले यसको प्रचारप्रसारमा कुनै कसर बाँकी राखिदैन् ।’

नगरप्रमूख शार्माले नगरभित्रको पर्यटनसँग सम्बन्धी कामले गति पाउँनै लाग्दा सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निधनले ठूलो क्षति पुगेको बताए ।

नेपाली काँग्रेसका नमोबुद्ध नगरसभापछि कुन्साङ लामाले नगरको विकास निर्माणमा आफ्नो सबै ध्यान केन्द्रित रहेको बताए । ‘नगरलाई समृद्ध बनाउन कुनै एक क्षेत्रको मात्रै विकासले पुग्दैन्, उनले भने ‘गाउँलाई समृद्ध बनाउन जनस्तरबाट नै जागरुक हुनु पर्छ, न कि अन्य ठाउँका मानिस आएर आफ्नो गाउँ बनाइदिने होइनन् ।’

सभापति लामाले नगरभित्र नेपाली काँग्रेसको नाममा हुने कुनै पनि उत्शृङखल गतिविधि आफुलाई सह्य नहुने बताए । कार्यक्रमको शुरुमा बोल्दै युवासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष अमित लामाले काँग्रेसले नगरभित्र उडण्ड मच्याइरहेको बताएपछि काँग्रेस सभापति लामाले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : २०७५, २५ फाल्गुन शनिबार  २ : ३९ बजे

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी

ओली सरकारको पहलले अघि बढेको योजना, अब ३ वर्षभित्र हरेक स्थानीय तहमा अस्पताल बनाउने लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका सबै स्थानीय तहमा

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक