२०८३, १३ बैशाख सोमबार

भ्रष्टचार र तस्करीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ : प्रदेश सांसद लक्ष्मण लम्साल

भ्रष्टचार र तस्करीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ : प्रदेश सांसद लक्ष्मण लम्साल


काभ्रे २४ फागुन : प्रदेश सांसद लक्ष्मलण लम्सालले तीन तहका सरकारले शुशासनलाई कायम गर्नका लागि भ्रष्टचार र तस्करीको नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

हिजो काभ्रेको भुम्लु गाउँपालिकाको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित सभालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
स्थानीय तह जनताको नजिकको सरकार भएकाले जनतालाई भरोसायुक्त सेवा प्रवाह गर्दै शुशासन कायम गर्न स्थानीय जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभर्ने उनको भनाई थियो ।

तीन तहका सरकारका बीचमा केही मतभेदहरु भए पनि संविधानले सबै तहका सरकारका अधिकारको निर्दिष्ट गरेकाले त्यसैअनुरुप सरकारहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । जनताका काम र विकास निर्माणमा सबै तहका सरकारको प्रतिष्पर्धा गर्न खोज्दा केही खासखुस र ठाँसठुसका सन्दर्भलाई स्वभाविक रुपमा लिन र यसकै कारणले संघीयता समाप्त हुन्छ कि भनेर नअल्मलिन उनले अनुरोध गरे ।

शासन प्रणाली र व्यवस्थाले दिएको अधिकारलाई जनताले प्रत्यक्ष उपभोग गरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले भने विगतका तुलनामा स्थानीय तहमा बजेट बढी नै आएको भए पनि त्यो पर्याप्त छैन र त्यसका पनि बढी तलबभत्ता नै खर्च हुने गरेको छ । हामीले एकातिर ढुकुटी एउटै भएकाले चाहेको जस्तो बजेट ल्याउन सकिरहेका छैनौं भने अर्कोतिर बजेट बढी ल्याएर धेरै काम गर्न पाएहुन्थ्यो भन्ने लाग्ने गरेको छ ।

हामीले स्थानीय तहलाई अधिकार दिएर जनतालाई अधिकार सम्पन्न बनाउनु पर्नेमा त्यसैमा अलि अप्ठेरो भएको जस्तो देखिएको छ बताउँदै उनले भने, ‘त्यस्तो हुनु दुर्भाग्य हो ।’ एक फरक सन्दर्भमा सांसद लम्सालले आफ्नो क्षेत्रको विकास निर्माणमा स्थानीयले सशक्त सहभागिता जनाउनु पर्ने उनले बताए । त्यसमा निर्वाचित जनप्रतिनिधिले त अगुवाई मात्रै गर्ने हो ।

सबैको सहभागिता भएमा मात्रै विकासले गति लिनसक्ने उनको भनाई थियो । त्यस्तै स्थानीयहरुले सबै सेवा र सुविधा गाउँमा ल्याउने भएपछि गाउँमै रहेर गाउँको उन्नतीमा योगदान दिनुपर्नेमा उनले जोड दिएका थिए ।
कार्यक्रममा गाउँपलिकाका अध्यक्ष गुमानध्वज कुँबरले जिल्लामा रहेका जिल्ला कृषिविकास कार्यालय, घरेलु, नापी, मालपोत र प्रशासन कार्यालयहरु स्थानीय तहमा आइनपुगेकाले गाउँमा सिंहदरबार आउन नसकेको बताएका थिए । कार्यक्रममा उनले जनतालाई सेवा प्रवाह गर्न गराउन आफूले जस्तोसुकै कदम चाल्न पनि तयार भएरै वडाका सचिवहरुलाई वडामा नै पु¥याएर सेवा शुरु गरेको बताएका थिए । आफ्नो स्थानीय सरकारले आयश्रोत बढाएर सेवा चुस्त दुरुस्त गर्ने प्रयास गर्दा प्रदेश र जिल्ला समन्वय समितिको अड्कोले अप्ठेरो बनाएको उनको भनाई थियो ।

आफू निर्वाचित भएपछि प्राप्त गरेको अनुभवलाई सार्वजनिक गर्दै उनले महिलालाई उपभोक्ता समितिमा राख्दा पनि सोचेजस्तो परिणाम नआएको बताए । त्यस्तै स्थानीयहरु विकासनिर्माणमा उर्जा दिएर सघाउनु पर्नेमा छासछुस गरेर असहयोग गरेको उनको गुनासो थियो । कार्यक्रममा उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा फड्को मार्ने गरी काम गरिने विश्वास दिलाएका थिए ।
कार्यक्रममा वडाअध्यक्ष मोतिलाल तामाङले छोटो अवधिमा नै जनताले नजिकबाट सरकारको सेवाको अनुभूति गरेको दावी गरेका थिए । आफूहरुले शुशासन कायम गर्न अभावका बीचमा पनि प्रयास गरिरहेको उनको भनाई थियो ।

अब लगत्तै जनताले आफ्ना गुनासाहरु वडास्तरमा नै गर्न पाउनेछन् । हामी सार्वजनिक सुनुवाई र सबैखाले कामका लेखाजोखा स्थानीय समुदायकै बीचमा गर्नेछौं, कार्यक्रममा उनले भने ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ११ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले