२०८२, २५ कार्तिक सोमबार

गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते

गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते


इनरुवा, २४ फागुन : सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिएको थियो ।

हायसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुरका ६० वर्षीय अम्मरबहादुर थापा मृत्यु भएको हो भने उनका छोरा मोटरसाइकल चालक ३८ वर्षीय मोहनराज घाइते भएका हुन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा गम्भीर घाइते बाबुको उपचारको क्रममा मृत्यु भएको छ भने छोराको अवस्था सामान्य रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । हायस र चालक जिल्ला रामेछाप दुरम्बा गाउँपालिका–७ थापागाउँका ४२ वर्षीय राम तामाङ जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ७ : १७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य