२०८२, ७ चैत्र आईतबार

गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते

गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते


इनरुवा, २४ फागुन : सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिएको थियो ।

हायसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुरका ६० वर्षीय अम्मरबहादुर थापा मृत्यु भएको हो भने उनका छोरा मोटरसाइकल चालक ३८ वर्षीय मोहनराज घाइते भएका हुन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा गम्भीर घाइते बाबुको उपचारको क्रममा मृत्यु भएको छ भने छोराको अवस्था सामान्य रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । हायस र चालक जिल्ला रामेछाप दुरम्बा गाउँपालिका–७ थापागाउँका ४२ वर्षीय राम तामाङ जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ७ : १७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको