२०८३, १३ कार्तिक शुक्रबार

चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट तीन जना घाइते


लम्की, २३ फागुन: चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् ।

टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात र ढाडमा घाउ रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । शाहको निधार र टाउकोमा तथा विकको घँुडामा घाउ छ । चितुवा नियन्त्रणको प्रयास जारी छ । प्रहरीले चितुवालाई चारैतिरबाट घेरा हालेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ९ : ३४ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित