२०८३, १९ श्रावण बुधबार

चितुवाको आक्रमणबाट तीन जना घाइते

चितुवाको आक्रमणबाट तीन जना घाइते


लम्की, २३ फागुन: चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् ।

टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात र ढाडमा घाउ रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । शाहको निधार र टाउकोमा तथा विकको घँुडामा घाउ छ । चितुवा नियन्त्रणको प्रयास जारी छ । प्रहरीले चितुवालाई चारैतिरबाट घेरा हालेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ९ : ३४ बजे

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेजमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले अब पिपल्स

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा