२०८३, २२ आश्विन शुक्रबार

बाघलाई बोरिङको पानी

बाघलाई बोरिङको पानी



नेपालगन्ज , फागुन २१ : विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ । असोज ७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याकंमा बाँकेमा बाघको संख्या २१ पुगेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् ।

निकुञ्जमा पाटेबाघ वृद्धिमा अहिले पानी बाधक बनेको छ । वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा हुने भए पनि हिउँदमा भने वन्यजन्तुका लागि पानी अभाव हुने गरेको छ ।

निकुञ्जको पूर्वीभेगमा सुख्खा क्षेत्र बढी भएकाले वनस्पति पनि सुक्ने गरेका छन् । डिप बोरिङ गाड्न सके निकुञ्जमा डढेलो नियन्त्रण गर्न मद्दत पुग्नेछ । बाघको आहारका रुपमा रहेका मृग, चौका, बँदेलका लागि पनि पानी र चरिचरनको समस्या छ । पानी र घाँसेमैदानको व्यवस्था गरेर निकुञ्जले त्यसको उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । पानीको वैकल्पिक व्यवस्थाका लागि कृत्रिम पोखरी खन्न यस वर्ष मात्रै एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७५, २१ फाल्गुन मंगलबार  ७ : ५४ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १