२०८३, ७ कार्तिक शनिबार

विप्लप समूहका १७ कार्यकर्ता पक्राउ

विप्लप समूहका १७ कार्यकर्ता पक्राउ


चौतारा, १९ फागुन: प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्य विरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि आज जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा १३ पुरुष र चार महिला छन् । उनीहरुको साथबाट सैन्य तालीम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धको पर्चा पम्पलेटलगायत कागजात बरामद गरिएको छ । जिल्लाका व्यवसायी, क्रसर उद्योग, कर्मचारी, शिक्षकलगायतबाट चन्दा असुली गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ८ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना