२०८२, ३० पुस बुधबार

तेमाल विद्यूतीकरण सहकारीको अध्यक्षमा सार्कीमान, सहकारी १३ लाख घाटामा

तेमाल विद्यूतीकरण सहकारीको अध्यक्षमा सार्कीमान, सहकारी १३ लाख घाटामा


काभ्रेपलाञ्चोक जिल्लाकोे तेमाल गाउँपालिकामा विद्यूतीकरण गठित तेमाल सामुदायिक विद्युतिकरण सहकारी संस्थाको अध्यक्षमा सार्कीमान तामाङ निर्वाचित भएका छन् ।

संस्थाको ११ औं साधारणसभाले सार्कीमान तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो साधारणसभाले उनी सहित सबै पदाधिकारी सर्वसम्मच चयन गरेको हो ।

नवनिर्वाचित तामाङ संस्थाको पूर्व अध्यक्ष एवं सामुदायिक विद्युत राष्ट्रिय महासंघका केन्द्रिय सदस्य पनि हुन् । नवनिर्वाचित उपाध्यक्षमा इन्द्र बहादुर अधिकारी, सचिबमा इन्द्रमान तामाङ, कोषाध्यक्षमा कुल बहादुर तामाङ, सहसचिबमा डी.एस. लामा, सदस्यहरुमा रेशम बहादुर तामाङ र प्रेम बहादुर तामाङ रहेका छन् ।

यसैबीच साधारणमा पेश भएको आर्थिक प्रतिवेदन भने पास हुन सकेन । कोषाध्यक्ष गणेश भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारणसभाले पास नगरेको हो ।

संस्थाका सदस्यहरुले आर्थिक विवरण बिस्तृत अध्ययन गर्नुपर्ने अडान राखेपछि प्रतिवेदन पास नभएको हो । नयाँ सञ्चालक समितिले विस्तृत अध्ययन गरेपछि मात्र आर्थिक प्रतिवेदनका बारेमा सत्य तथ्य सार्वजनिक गर्ने बतााइएको छ । संस्थामा १३ लाख भन्दा बढी घाटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ८ : ४७ बजे

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता