२०८३, १३ बैशाख सोमबार

भरत मोहन अधिकारीको योगदान

भरत मोहन अधिकारीको योगदान


नेपाली राजनीतिमा भरत मोहन अधिकारी अपरिचित नाम होइन् । अझ बृद्धबृद्धाहरुका माज उनको नाम निकै चरचित छ । भरत मोहन अधिकारी हुनै हुन जसले बृद्धबृद्धाको मुहारमा खुशी ल्याए । देशमा विकासको मुल फुटाए ।

भरत मोहन अधिकारीको जन्म २२ बैशाख बिस १९९३ मा महोत्तरीको भ्रमणपुरा गाउँमा भएको हो । भरत मोहन पुर्व प्रधान मन्त्री मनमोहन अधिकारीका भाई हुन ।

कृष्णमोहन, जगत मोहन पनि उनका दाजु हुन । शुशिला अधिकारी उनकी बहिनी हुन । पुर्व उपप्रधान मन्त्री भरत मोहनले भारतको इलाहाबादबाट प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेका थिए ।
उनले बनारसको हिन्दु बिश्वबिद्यालयबा राजनीति शास्त्र, दर्शन सास्त्र र अर्थशास्त्रमा बिए गरेका थिए । त्रिबिबाट चाँही उनले अर्थ सास्त्रमा एमए र कानुनमा बिएल गरे । विराटनगरको आर्दश माबिबाट उनको प्रारम्भीक शिक्षा सुरु भएको थियो ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र बिरुद्ध कु गरेपछि उनले सोभियत संघमा पिएचडी पढन पाएको छात्रबृत्ति त्यागेर सक्रृय राजनैतिक संघर्ष रोजेका थिए ।

बृद्ध भत्ता दिने पहिलो अर्थ मन्त्री
भरत मोहन चार पटक सम्म मन्त्री बने । एमालेको नौ महिने शासन कालमा उनी अर्थमन्त्री थिए । त्यो बेला जेष्ठ नागरिकहरुलाई बृद्ध भत्ता पहिलो पटक प्रदान गर्ने, गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी कार्यक्रमको थालनी उनै भरत मोहनले गरेका थिए ।

पहिलो पल्ट जेष्ठ नागरिक र सुत्केरीलाई भत्ता दिएपछि प्रधान मन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार लोकप्रिय बनेको थियो । कम्युनिष्टहरुले बुढापाकाहरुलाई मार्छन भन्ने भ्रम पनि गलत सावित भएको थियो ।

सोह्र बर्षकै उमेरमा छात्र संघको अध्यक्ष
उनले सन १९५२ मा १६ बर्षको उमेरमा भारतको बनारसमा हुँदा भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २००८ मा गठन भएको आर्दश बिद्यालयको छात्र संघका अध्यक्ष थिए उनी । भरत मोहनकै नेतृत्वमा २००७ सालमा बिराटनगरको जुद्ध स्कुलको बोर्ड ढुंगाले हानेर कुच्याएर आर्दश स्कुलको बोर्ड राखिएको थियो । उनी २०४८, ०५१ र ०५६ मा मोरङबाट प्रतिनिधि सभामा बिजयी भएका थिए ।

बिराटनगरका उद्योगीहरुको मुद्दा लडने वकिल
विराटनगरकै एलिट क्लबमा उनी लामो समय महासचिव भएका थिए । विराटनगरको मोरङ क्याम्पसमा उनले पढाएका थिए भने अदालतमा वलकातको काम पनि गरेका थिए । भरत मोहन तीनै व्यक्ति हुन जो पञ्चायतको बिरोध गर्दा विराटनगरकै जेलमा बन्दि समेत बनेका थिए ।

उनले बिसं २०१५ मा कम्युनिष्ट पार्टीको मुख पत्र नवयुगको सम्पादकको भूमिका निभाएका थिए । भरत मोहनले २०१८ सालदेखी कोशी प्रान्तिय कमिटीको सचिव बनेर पुर्वमा कम्युनिष्ट आन्दोलन बिकास गराएका थिए ।उनि साईकल चढेर गाउँ गाउँमा कम्युनिष् पार्टीको पर्चा बितरण गर्थे ।
तत्कालिन नेकपाका महासचिव केशरजंग रायमाझीले राजाको सेवा गर्न थालेपछि उनले २०१९ मा नेकपाको तेस्रो महाधिबेशन गराउन पहल गरेका थिए । जसमा पुष्पलाल श्रेष्ठ, तुलसीलाल आमत्य सहित देशभरबाट एक सय बढी क्रान्तिकारीहरु सहभागी भएका थिए । उनि तेस्रो महाधिबेशनबाट पोलिट व्युरो सदस्य निर्वा्चित भएका थिए ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले कु गरेर सत्ता हातमा लिँदा उनि उपप्रधान मन्त्रिकै अवस्थामा पक्राउ परेर तीन महिना घरमा नजरबन्दमा बसेका थिए । २०६२ मा पनि ज्ञानेन्द्र शासन बिरुद्ध संघर्ष गर्दा उनलाई नजरबन्दमा राखिएको थियो ।

माले र माक्र्सबादीलाई एकिकरण गराउने नेता
उनी तत्कालिन माले र माक्र्सबादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि चिनिन्छन । २०४६ को पञ्चायत बिरुद्धको आन्दोलनमा उनले बाम मोर्चा गठनमा सक्रिय रुपमा भूमिका खेलका थिए । उनकै पहलमा सात वटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण गरेपछि पञ्चायत बिरुद्धको आन्दोलन सफल भएको थियो ।

२०७१ को महाधिबेशनबाट सक्रृय राजनितिबाट सन्यास
कम्युनिष्ट पार्टीको छैठौ, सातौ र आठौ महाधिबेशनबाट उनी लगातार स्थायी समितिमा निर्वाचित भएका थिए । २०७१ को महाधिबेशनबाट उनले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेका थिए ।

पटक पटक मन्त्री भएका उनले अर्थ, कानुन, उर्जा, निर्माण बाणिज्य तथा आपुर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । उनले नेपालमा औद्योगिकरणको समस्या, मेरो जीवन यात्र भाग २ पुस्तक प्रकाशित गरेका छन् । साथै उनले थुप्रै कम्युनिष्ट पुस्तक समेत प्रकाशन गरेका छन् ।

भरत मोहनका सबैभन्दा लोकप्रिय कार्यक्रमहरु
‘आफनो गाउँ आफै बनाऔँ, जेष्ठ नागरिक भत्ता, नौ स को अभियान, राष्ट्रिय बिभुतिका नाममा सडक नामाकरण, हेटौडा काठमाण्डौ सुरुङ मार्ग, सडकको दुवै किनारमा बृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान श्रीमतीको संयुक्त नाममा जग्गा पास, ‘गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी’ आदि भरत मोहन सरकारमा हुँदा संचालन भएका स्मरण योग्य कार्यक्रमहरु हुन ।

सबै राज्यले गर्नुपर्छ र सबै बजारलाई छाडनुपर्छ भन्ने दुवै अतिबादी चिन्तनको बिचबाट उनले राज्य , सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थ नीति अङ्गिकार गर्न नेतृत्व दायि भूमिका निर्वाह गरेका थिए । बजेटमा समाजिक कार्यक्रमहरु समाबेश गर्ने जस पनि उनै भरत मोहनलाई नै जान्छ ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ८ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले