२०८३, १० भाद्र बिहीबार

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर

हिमपातले पश्चिम नेपालको जनजीवन कष्टकर


सुर्खेत, १७ फागुन : भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ ।

हुम्ला जिल्लाको बेँसीमा दुई फिट र उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी, मुचु, चाला, हिल्सा, यारीमा करीब पाँच फिट हिमवर्षा भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । १५औँ पटक हिमपात हुँदा जनजीवन निकै कष्टकर भए पनि मानवीय तथा पशुचौपाया कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताउनुभयो ।

डोल्पा, मुगु तथा जुम्लीवासी नागरिकको अवस्था पनि निकै कष्टकर भएको पाइएको छ । हिमपातले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाको हवाई उडान तथा सडक यातायात ठप्प भएका छन् । सरकारी कार्यालय, विद्यालय, उद्योग कलकारखाना तथा गैरसरकारी निकाय बन्द छन् । हिमवर्षाले यहाँका नागरिकको दैनिक कामकाज ठप्प भएको बताउँदै बेँसीमा दुई फिट र लेकमा चार फिट हिमपात भएको जिल्ला प्रशासन कार्यालय जुम्ला निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । “हवाई यातायात सञ्चालन गर्न नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितको टोलीले विमानस्थलको हिउँ सफा गर्दैछौँ”, उहाँले भन्नुभयो ।

हिउँको मारमा बालबालिका, बिरामी, वृद्ध र विपन्न नागरिक परेको पत्रकार नेत्रबहादुर शाहीले जानकारी दिनुभयो । पत्रकार शाहीका अनुसार यो एक दशकमा सबैभन्दा ठूलो हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले अत्यधिक हिमपातका कारण तातोपानी गाउँपालिकामा एकजना कठ्याङ्ग्रिएको र उनको उपचार भइरहेको बताउनुभयो ।

उहाँका अनुसार डोल्पामा हिउँमा परी पातारासी गाउँपालिकाका एकको मृत्यु भएको छ । पहाडी जिल्लाका माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परेको थियो । त्यस्तै, भारी हिमवर्षा र हुरीबतासका कारण चार वर्षसम्म निर्वाध बलेको जुम्ला चन्दननाथ मन्दिरको दियो निभेको छ । अब दैलेखको ज्वाला क्षेत्र श्रीस्थानबाट दियो लिएर आउने चन्दननाथ भैरवनाथ गुठी समिति जुम्लाले बताएको छ । मङ्गलबारदेखिको अविरल हिमवर्षाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको हवाई उडान बन्द भएको प्रमुख जिल्ला अधिकारीहरुले बताउनुभएको छ । हिउँले हिउँदेबालीमा केही असर पुगे पनि वर्षेबाली राम्रो हुने किसानहरुले अपेक्षा गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : ४० बजे

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा

विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा