२०८३, १९ आश्विन मंगलबार

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सीमामा नागरिकको विवरण सङ्कलन शुरु


धनगढी, १५ फागुन: तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँगै नाकामा आवागमन गर्नेहरूले यस्तो विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै कुन व्यक्ति के कामका लागि भारत गएको वा भारतबाट नेपालमा के कामका लागि आएको भन्नेजस्ता विवरण सङ्कलन हुने लगतबाट जानकारी पाउन सकिने जनाइएको छ ।

सीमामा आवागमन गर्नेहरूले दिने यस्तो विवरणले आवागमन गर्ने सम्बन्धित व्यक्तिको यात्रा सुरक्षित भई सहज हुने र प्राप्त हुने तथ्याङ्कबाट प्रादेशिक नीति तर्जुमा गर्न टेवा पुग्ने विश्वास प्रदेश सरकारको छ । नागरिक सीमा सहायताकक्ष सम्बन्धमा बनेको कार्यविधिमा सुदूरपश्चिम प्रदेशको सीमा नाकाबाट आवतजावत गर्ने नेपालीको तथ्याङ्क अद्यावधिक गरी प्रदेशस्तरीय कार्यक्रम तथा योजना तर्जुमा कार्यमा सहजता प्रदान गर्न, मानवअधिकारको संरक्षण एवं नागरिकको सुरक्षा तथा संवद्र्धनमा सहयोग गर्न कार्यविधि बनाइएको उल्लेख छ ।

सहायताकक्षबाट प्रवाह हुने सेवाका सम्बन्धमा व्यवस्था गर्न लागिएको ‘टोल फ्रि’ नम्बरमा सम्पर्क गरी आवश्यकताअनुसार नागरिकले सीमा नाकाबाट आवतजावत गर्दा आइपर्ने असुविधाबारे सहयोग लिन सक्नेछन् । यसैगरी कार्यविधिमा भारतमा गई कामकाज वा रोजगारी गर्ने नेपाली नागरिकका लागि भैपरी आउने जोखिम न्यूनीकरण गर्न र जीवन बीमा व्यवस्थापनका लागि आवश्यक सचेतना र सहयोगसम्बन्धी कार्यक्रम तथा भारतबाट नेपाल फर्किने नेपालीका लागि सीमा नाकामा सरुवा रोगलगायतका स्वास्थ्य परीक्षण गर्नेसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न सकिनेसमेत कार्यविधिमा उल्लेख गरिएको छ ।

“आफ्ना नागरिकको अभिलेख राख्न प्रदेश सरकारले यो योजना अघि बढाएको हो”, आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले भन्नुभयो, “सीमा नाकामा नागरिकको अभिलेख राख्ने गरी सञ्चालनमा आएको यो योजना देशकै नयाँ योजना हो ।” सहायताकक्षमा खटिनुभएका कर्मचारी वीरेन्द्रप्रसाद पन्तले दैनिक ३०० बढी सवारीसाधन र हजारौँ यात्रुले सीमामा आवागमन गरिरहेको भए पनि पर्याप्त जनशक्तिको अभावका कारण सबैको लगत लिन कठिनाइ भइरहेको बताउनुभयो ।

“हाल सीमा आवागमन गर्दा समस्यामा परेकालाई आवश्यक सहयोग पु¥याउने र भारतबाट नेपाल भित्रिनेको नाम, थर, ठेगाना, सम्पर्क नम्बर, फर्किने मितिजस्ता विवरणको लगत लिने काम भइरहेको छ”, पन्तले भन्नुभयो, “जनशक्तिको अभावजस्ता कारणले नेपालबाट भारत जानेहरुको भने लगत लिने काम अझै शुरु गर्न सकिएको छैन ।”

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यही फागुन ६ गते उक्त सहायताकक्षको शुभारम्भ गर्नुभएको थियो । नेपालीहरूको रोजगारीका लागि जाने मुख्य गन्तव्य भारत रहेकामा सबैभन्दा बढी नेपाली सुदूरपश्चिम प्रदेशबाट कामको खोजीमा भारत पस्ने गरेको बताइएको छ । तर यसको यथार्थ विवरण कसैसंँग नभएको अवस्थामा सुदूरपश्चिम सरकारले सीमामा यस्तो व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये झण्डै २५ प्रतिशत नेपाली रोजगारीका लागि भारत जाने गरेको अनुमान गरिएको छ । तेस्रो मुलुक जाँदा ‘पासपोर्ट’ चाहिने भए पनि भारत जाँदाको हकमा चाहिँदैन ।

पहिलो चरणमा कैलालीको त्रिनगर भन्सार नाकामा यो सहायताकक्ष सञ्चालनमा आएकामा आगामी दिनमा खक्रौला भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा पनि सहायताकक्ष सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्रदेश सरकारले चालू वर्षको बजेट नीति कार्यक्रममा छिमेकी मुलुक भारत आवतजावत गर्ने कामदार फर्किइ आउँदा स्वास्थ्य जाँच र परामर्शका लागि नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गर्ने विषय समेटेको छ । प्रदेशको त्रिनगर भन्सार, खक्रौला भन्सार, गड्डाचौकी, बेलौरी नाका, धार्चुलालगायतका सीमा नाकाबाट नेपालीको भारत आवामगन बढी हुने गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार  ९ : १० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय