२०८३, १३ बैशाख सोमबार

अन्तर जातिय बिवाह गरेकै दिन विद्यालयलाई पाँच लाख

अन्तर जातिय बिवाह गरेकै दिन विद्यालयलाई पाँच लाख


मुसिकोट, फागुन १२ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ सल्लेको एक जोडीले बिहेकै दिन पाँच लाख बाराबर विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।

नरेन्द्र विक र खोटाङको दिक्तेल नगरपालिका–७ की रीना राईले प्रगतिशील विवाह गरेर विवाहमा लाग्ने सबै खर्च आइतबार विद्यालयलाई प्रदान गरेका हुन् । विकले आफूले प्राथमिक तह अध्ययन गरेको सरस्वती मावि सल्लेमा वैवाहिक कार्यक्रम गरेर उक्त सहयोग गरेका हुन् ।
छोराबुहारीको इच्छानुसार विवाहमा लाग्ने सबै फजुल खर्च कटाएर सामाजिक सेवाको काममा लगाउने निर्णय गरिएको नरेन्द्रका बुबा फत्तेसिंह नेपालीले बताए ।
वैवाहिक कार्यक्रमकै दिन सरस्वती मावि सल्लेलाई रु एक लाख ५१ हजार तथा रु ५० हजार बराबरको कापीकलम, डायरी र ५० हजार रुपैयाँ बराबरको जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको छ । त्यस्तै जलजला मावि थवाङ रोल्पालाई समेत रु एक लाख र अभिभावकविहीन, दलित तथा विपन्न तीन बालबालिकालाई जनही रु ५० हजारका दरले रु एक लाख ५० हजार उपलब्ध गराइएको उनले जानकारी दिए । प्रगतिशील वैवाहिक कार्यक्रममा नरेन्द्रको शिक्षादीक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षकलाई समेत सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले