२०८२, १० फाल्गुन आईतबार

सडक कालोपत्र गर्न काठमाण्डौँ बासीको माग

सडक कालोपत्र गर्न काठमाण्डौँ बासीको माग


काठमाडौँ, फागुन १२ गते: काठमाण्डौका स्थानीयबासीले जोरपाटी–सुन्दरीजल सडक यथाशिघ्र कालोपत्र गर्न तीनै तहका सरकारसँग माग गरेका छन् ।

तीन वर्षअघि रु ८४ करोडमा ठेक्का लागे पनि अझै कालोपत्र शुरु नभएपछि सात किमी लामो सडक जोरपाटी–सुन्दरीजल सडक दबाब समूहले तीनै तहका सरकारलाई हस्ताक्षर सङ्कलन गरी बुझाएको छ । हस्ताक्षर सङ्कलन आज गोकर्णेश्वर नगरपालिकालाई बुझाइएको छ । खाल्डाखुल्डी र धुलोधुवाँका कारण सडकमा हिँड्न गाह्रो भएपछि समूहले हस्ताक्षरमार्फत दबाब दिएको हो ।

नगरपालिकाका उपप्रमुख शान्ति नेपालले ठेक्का लागेको तीन वर्षसम्म काम नहुँनु दुःखद कुरा भएको बताइन् । छिटो सडक बनाउन निरन्तर सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको उनको भनाई छ । ठेक्काको केही रकम लिएका निर्माण व्यवसायीले काममा बेवास्ता गरेको दबाब समूहका संयोजक गोपाल श्रेष्ठले बताए । हाल १४ मिटर चौडाइ रहेको सो सडक २२ मिटर बनाउँदा ८०० भन्दा बढी घर भत्काउनुपर्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ३३ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार