२०८२, २६ भाद्र बिहीबार

सडक कालोपत्र गर्न काठमाण्डौँ बासीको माग

सडक कालोपत्र गर्न काठमाण्डौँ बासीको माग


काठमाडौँ, फागुन १२ गते: काठमाण्डौका स्थानीयबासीले जोरपाटी–सुन्दरीजल सडक यथाशिघ्र कालोपत्र गर्न तीनै तहका सरकारसँग माग गरेका छन् ।

तीन वर्षअघि रु ८४ करोडमा ठेक्का लागे पनि अझै कालोपत्र शुरु नभएपछि सात किमी लामो सडक जोरपाटी–सुन्दरीजल सडक दबाब समूहले तीनै तहका सरकारलाई हस्ताक्षर सङ्कलन गरी बुझाएको छ । हस्ताक्षर सङ्कलन आज गोकर्णेश्वर नगरपालिकालाई बुझाइएको छ । खाल्डाखुल्डी र धुलोधुवाँका कारण सडकमा हिँड्न गाह्रो भएपछि समूहले हस्ताक्षरमार्फत दबाब दिएको हो ।

नगरपालिकाका उपप्रमुख शान्ति नेपालले ठेक्का लागेको तीन वर्षसम्म काम नहुँनु दुःखद कुरा भएको बताइन् । छिटो सडक बनाउन निरन्तर सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आएको उनको भनाई छ । ठेक्काको केही रकम लिएका निर्माण व्यवसायीले काममा बेवास्ता गरेको दबाब समूहका संयोजक गोपाल श्रेष्ठले बताए । हाल १४ मिटर चौडाइ रहेको सो सडक २२ मिटर बनाउँदा ८०० भन्दा बढी घर भत्काउनुपर्ने भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : ३३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा