२०८३, २८ भाद्र सोमबार

काभ्रेको मण्डनदेउपुरमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काभ्रेको मण्डनदेउपुरमा ठूला सवारीसाधन सञ्चालनमा रोक


काभ्रेपलाञ्चोक, फागुन १२ गते: काभ्रे र सिन्धुपाल्चोकको पश्चिम भेग जोड्ने निर्माणाधीन हेलम्बु राजमार्गमा दिउँसो टिपरलगायत मालवाहक सवारी आवागमन आइतबारदेखि निषेध गरिएको छ ।

निर्माणमा अवरोध पुगेको जनाउँदै पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नपाका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सडक आयोजनाका प्रतिनिधि सम्मिलित बैठकले निर्माण सम्पन्न नभएसम्म दिउँसो १२ देखि पाँच बजेसम्म मालवाहक सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो । उक्त समयमा खाली मालवाहक सवारीलाई समेत आवागमनमा निषेध गरिएको पाँचखाल–४ का वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए ।

आपतकालीन भूकम्पीय सहायता योजनाअन्तर्गत स्तरोन्नति एवं पक्की सडक बनाउने योजना ९पुनःनिर्माण०को लम्बाइ पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर छ । एशियाली विकास बैंकको सहयोगमा स्तरोन्नति एवं कालोपत्र गरिने उक्त पाँचखाल–मेलम्ची सडक २०७४ कात्तिकदेखि शुरु भएको योजना विसं २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ ।

सडक ग्राभेल, वाल लगाउने, सडक कटिङ गर्ने, नाली, कल्भर्ट बनाउने काम भइरहेको मण्डन देउपुरका नगर प्रमुख टोकबहादुर वाइवाले बताए । उनका अनुसार दिउँसो मालवाहक सवारीलाई निषेध गरिएपछि सडक निर्माणको कामले तीव्रता पाउने विश्वास गरिएको छ । उक्त राजमार्गअन्तर्गत पाँचखाल–मेलम्ची सडक पुनःनिर्माणका लागि करीब रु एक अर्ब बजेट विनियोजन गरिएको सो सडकको हाल ३५ प्रतिशत काम सकिएको नपाप्रमुख वाइबाले जानकारी दिए । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ७ : २१ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल