२०८३, ११ बैशाख शनिबार

बैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका प्रतिवादी कारागार चलान

बैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दाका प्रतिवादी कारागार चलान


काठमाडौँ, फागुन १२ गते वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् ।

शुक्रबार पक्राउ परेका सिन्धुपाल्चोक शिखरपुर घर भई हाल काठमाडौँ बुद्धनगर बस्ने भीमप्रसाद दाहाललाई आज काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७४ पुस ३० गतेको फैसलाले दोषी ठहर भई रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महीना कैद सुनाइएकामा उक्त फैसला बेरुजु रही दाहाल फरार हुँदै आएका थिए । दाहालले इजाजतपत्रविना विसं २०७३ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाइ रु तीन लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणले पीडितलाई हर्जनासहितको विगो रकम रु पाँच लाख २५ हजार दिलाइ दिनसमेत फैसला गरेको थियो । अदालतको आदेशले दाहाललाई आजै केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । रासस

प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतबार  ६ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले