२०८३, ९ मंसिर बुधबार

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार


राजविराज, ९ फागुन: सप्तरीको अग्निसाई कृष्णश्रवण गाउँपालिकास्थित महुलीमा हात्तीको आक्रमणबाट घाइते एक महिलाको आज उद्धार गरिएको छ । पूर्व—पश्चिम राजमार्गदेखि दुई किलोमिटर उत्तर वन क्षेत्रको महुली खोलामा पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीया महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । वनमा घाँसदाउरा गर्नेले निजलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलालाई कोशी टप्पु वनजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको स्थानीयवासीको भनाइ छ ।

वन क्षेत्रभित्र महिला घाइते भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय महुलीका प्रहरी नायब निरीक्षक रामबाबु यादवको नेतृत्वको टोलीले घाइतेलाई उद्धार गरी राजविराजस्थित गजेन्द्रनारयण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको स्थानीयवासी वृजमान तमाङले बताउनुभयो । घाइते महिलाको दाहिने हात भाँचिएको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ९ : ११ बजे

आइजिपी विवादको फैसला कुन दिशामा ? दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादले न्यायिक मोड लिएको

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्ध हुने सबै प्रकारका

६० एसपीको सरुवा : १३ जिल्लामा नयाँ प्रहरी प्रमुख, यस्तो छ जिम्मेवारी पाउनेको सूची

काठमाडौं । नेपाल प्रहरीमा व्यापक सरुवा भएको छ। प्रहरी प्रधान

शरीरभित्रै सुन लुकाएर तस्करी ! दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन तस्करीको नयाँ र अनौठो शैली सार्वजनिक भएको

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै