२०८३, २४ भाद्र बिहीबार

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार

हात्तीको आक्रमणबाट घाइते महिलाको उद्धार


राजविराज, ९ फागुन: सप्तरीको अग्निसाई कृष्णश्रवण गाउँपालिकास्थित महुलीमा हात्तीको आक्रमणबाट घाइते एक महिलाको आज उद्धार गरिएको छ । पूर्व—पश्चिम राजमार्गदेखि दुई किलोमिटर उत्तर वन क्षेत्रको महुली खोलामा पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीया महिला हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । वनमा घाँसदाउरा गर्नेले निजलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाइते महिलालाई कोशी टप्पु वनजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको स्थानीयवासीको भनाइ छ ।

वन क्षेत्रभित्र महिला घाइते भएको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय महुलीका प्रहरी नायब निरीक्षक रामबाबु यादवको नेतृत्वको टोलीले घाइतेलाई उद्धार गरी राजविराजस्थित गजेन्द्रनारयण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको स्थानीयवासी वृजमान तमाङले बताउनुभयो । घाइते महिलाको दाहिने हात भाँचिएको र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ९ : ११ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको