२०८३, १९ आश्विन मंगलबार

कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन सञ्चालनमा

कुसुम–हापुरे १३२ केभी प्रसारण लाइन सञ्चालनमा


लमही, ९ फागुन: दाङको बबई गाउँपालिका–६ पञ्चकुलेमा रहेको कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले दाङमा अब विद्युत्को कम भोल्टेजको समस्या नरहने बताउनुभयो । “दाङबाट लो भोल्टेज भयो भनेर पटक–पटक गुनासो आउने गथ्र्यो,” उहाँले भन्नुभयो, “अब भने त्यस्तो समस्या रहँदैन ।”

दाङमा यसअघि लमहीबाट घोराही हुँदै तुलसीपुर ३३ केभीको प्रसारणलाइन मात्रै हुँदा कम भाल्टेजको समस्या रहेकाले अब भने हापुरेको सबस्टेसन सञ्चालन भएपछि दुई सय केभी विद्युत् प्रसारण हुने उहाँले बताउनुभयो । सो दुई सय केभी विद्युत्लाई प्रयोगमा ल्याउनसमेत उहाँले आग्रह गर्नुभयो ।“पहिले लो भोल्टेज भनेर धेरै गुनासा आउँथे,” उहाँले भन्नुभयो, “तर अब भने उत्पादन भएको एक तिहाइ विद्युत् पनि प्रयोगमा आउँदैन कि भन्ने चिन्ता छ ।” उहाँले दाङमा विभिन्न ठूला उद्योग खुल्ने र थप समृद्धिको मार्गमा लैजाने बताउनुभयो ।

उहाँले तीन वर्षभित्र सबै नेपालीलाई विद्युत्को पहुँचमा पु¥याउने लक्ष्य रहेको जानकारी गराउनुभयो । उहाँले बाँझो जग्गालाई सिञ्चित गर्न पनि मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभयो । मन्त्रायलका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजीत थारू, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेललगायतले दाङमा विगतजस्तो विद्युत्भार कटौतीको समस्या अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त सबस्टेसन रु ४३ करोड ८६ लाखको लागतमा निर्माण गरिएको हो । विसं २०६६ देखि निर्माण कार्य शुरु गरिएको सबस्टेसनको काम तीन सिफ्टमा पूरा भएको बताइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ फाल्गुन बिहीबार  ७ : ३६ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय