२०८३, १३ बैशाख सोमबार

साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर

साइकल लिएर कञ्चनपुर पुगिन खानेपानी मन्त्री बीना मगर


काठमाडौं ७ फागुन : मंगलबार ६९ औं राष्ट्रिय प्रजातन्त्रदिवस मुलुकभर विभिन्नकार्यक्रम गरी मनाएका छन् । वि.सं २००७ साल फागुन७ गते प्रजातन्त्र स्थापनाभएको दिनको सम्झनामा हरेक वर्ष विशेष कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

प्रजातन्त्र दिवसका दिन मन्त्रीबीना मगर कञ्चनपुर पुगेकी छन् । राष्ट्रिय प्रजातन्त्रदिवसको अवसरमापुनर्वास नगरपालिकाद्वारा नगरभित्रका स्वास्थ्य स्वयंसेविकाहरुका लागि साइकल वितरण कार्यक्रममा पुगेकी नेपाल सरकारका खानेपानीमन्त्री मगरले देशको परिवर्तनमा राणाशासनको अन्त्यदेखि विभिन्न सङ्घर्ष गर्दै अहिलेको स्थितिसम्म पुग्न नेपाली जनताको ठूलो त्याग रहेको बताएकी छन् । उनले स्वास्थ्य स्वयंसेविकाहरुले समाजमा पु¥याएको योगदानको सम्मान गर्नुपर्ने बताइन् ।

उनले घर–घरबाट महिला जागरुक हुनुपर्ने बताउँदै प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको सफल कार्यान्वयन र नागरिकको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामना गरिन् ।

कार्यक्रममा नगरभित्रका एक सय एक जना स्वास्थ्य स्वयंसेविकाहरुका लागि साइक लवितरण गरिएको छ । कार्यक्रममा खानेपानी मन्त्रालयका महानिर्देशक सुनिल दास, मन्त्रालयका उप–महानिर्देशक रमाकान्त दवाडी लगायतका टिमको उपस्थिति रहेको थियो ।

पुनर्वास नगरपालिकाका नगर प्रमूख जीवनराजथापाले मन्त्री मगर संघीय सरकारमा हुनु पुनर्वासका लागि गर्वको कुरा भएको बताए । नगर प्रमूख थापाले नगरभित्रका समस्याहरु सुनाउँदै समस्याको समाधानका लागिमन्त्रीसमक्षआग्रह समेत गरे । खानेपानी योजनाका कामहरुको स्थलगतअवलोकन गर्न कञ्चनपुर पुगेकी नेपाल सरकारका खानेपानीमन्त्री मगर कार्यक्रममा उपस्थितभएकी थिइन् ।

एक सय चार वर्षीय जहाँनिया राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्यभयो र प्रजातन्त्र स्थापनाभएको घोषणा गरियो । तत्कालीन राजात्रिभूवनको घोषणापछि राणा र नेपालीकांग्रेस सम्मिलित सरकार गठन भई नेपालमाप्रजातान्त्रिकशासनकालको सूत्रपातभएको थियो ।

प्रजातन्त्र स्थापनाकालागिभएको सङ्घर्षमाशुक्रराजशास्त्री, दशरथ चन्द, धर्मभक्तमाथेमा र गङ्गालालश्रेष्ठले वि।सं। १९९७ माघमा बलिदानीदिएकाथिए । प्रजा परिषदनामक जनीतिकदलभूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाकालागिनागरिकमाजागरण ल्याएको अभियोगमाउनीहरूलाई मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलबार  १० : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले