२०८२, २५ कार्तिक सोमबार

भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए

भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए


भक्तपुर, ७ फागुन : भक्तपुरका दुई भिन्न स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर नगरपालिका–३ डेगमना १९ वर्षाीया युवती र चाँगुनारायण नगरपालिका–३ झौखेलमा अर्का पुरुष मृत अवस्थामा भेटिएका हुन् ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीया अञ्जली चौगुठी आफ्नै घरको चार तलामाथि रहेको फलामको हुकमा निलो र रातो रंगको सलको पासो लगाइ झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मंगलबार बिहानै अञ्जली आफ्नै घरमा झुण्डिएर रहेको भन्ने खबर प्राप्त हुनासाथ परिसरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ ।

मंगलबार नै झौखेलस्थित सडक किनारामा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ५ फिट ३ इन्च उचाइ, मंगोलियन अनुहार, गहुँगोरो वर्ण, कालो पाइन्ट, रातो टीर्सट, प्लाष्टिकको चप्पल लगाएका व्यक्ति मृत फेला परेका हुन् ।स्थानीयका अनुसार मागेरै जीवन गुजारा गर्दैआएका ती व्यक्ति ‘राई दाइ’ भनी चिनिन्थे । उनको नाम–थर र वतन नखुलेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । स्थानीयले ती व्यक्ति मृत अवस्थामा रहेको भनी प्रहरीलाई जानकारी दिएका थिए । खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको परिसरले जनाएको छ । उक्त घटनाबारे पनि थप अनुसन्धान भइरहेको परिसरले बताएको छ ।

प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलबार  ९ : ०७ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य