२०८३, ३१ असार बिहीबार

भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए

भक्तपुरमा दुईजना मृत अवस्थामा भेटिए


भक्तपुर, ७ फागुन : भक्तपुरका दुई भिन्न स्थानमा दुईजना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर नगरपालिका–३ डेगमना १९ वर्षाीया युवती र चाँगुनारायण नगरपालिका–३ झौखेलमा अर्का पुरुष मृत अवस्थामा भेटिएका हुन् ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १९ वर्षीया अञ्जली चौगुठी आफ्नै घरको चार तलामाथि रहेको फलामको हुकमा निलो र रातो रंगको सलको पासो लगाइ झुण्डिएर मृत अवस्थामा फेला परेकी थिइन् ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मंगलबार बिहानै अञ्जली आफ्नै घरमा झुण्डिएर रहेको भन्ने खबर प्राप्त हुनासाथ परिसरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको भक्तपुर परिसरले जनाएको छ ।

मंगलबार नै झौखेलस्थित सडक किनारामा अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ५ फिट ३ इन्च उचाइ, मंगोलियन अनुहार, गहुँगोरो वर्ण, कालो पाइन्ट, रातो टीर्सट, प्लाष्टिकको चप्पल लगाएका व्यक्ति मृत फेला परेका हुन् ।स्थानीयका अनुसार मागेरै जीवन गुजारा गर्दैआएका ती व्यक्ति ‘राई दाइ’ भनी चिनिन्थे । उनको नाम–थर र वतन नखुलेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । स्थानीयले ती व्यक्ति मृत अवस्थामा रहेको भनी प्रहरीलाई जानकारी दिएका थिए । खबर पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको परिसरले जनाएको छ । उक्त घटनाबारे पनि थप अनुसन्धान भइरहेको परिसरले बताएको छ ।

प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलबार  ९ : ०७ बजे

ओली सरकारको पहलले अघि बढेको योजना, अब ३ वर्षभित्र हरेक स्थानीय तहमा अस्पताल बनाउने लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका सबै स्थानीय तहमा

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग