२०८३, ५ श्रावण बुधबार

भारतीय ज्वाइँलाई छोरा भन्दै नेपाली नागरिकता दिने पक्राउ

भारतीय ज्वाइँलाई छोरा भन्दै नेपाली नागरिकता दिने पक्राउ


राजविराज  , फागुन ७ : भारतीय नागरिक रहेका ज्वाइँलाई छोरा बनाई नेपाली नागरिकता दिलाउने एक व्यक्तिलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । छिन्नमस्ता गाउँपालिका, ६ का उत्तमलाल साह तेलीलाई भारतीय नागरिक ज्वाइँका लागि किर्ते गरी नेपला नागरिकताको प्रमाणपत्र बनाइदिएको आरोप लागेको हो ।

पक्राउ परेका साहले भारतको बिहार राज्यअन्तर्गत लौकही प्रखण्डको अन्धरामन्ठ थानाको नरेन्द्रपुर पञ्चायतका उनलाई नेपाली नागरिकता बनाइदिएको जाहेरीका खाधारमा नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको ज्वाइँलाई ०६३ माघ १४ गते नेपाली नागरिकता बनाइदिएका थिए । पक्राउ गरिएका साहका ज्वाइँ भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनायो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, ७ फाल्गुन मंगलबार  ६ : ४६ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने