२०८३, १० असार बिहीबार

आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख पर्यटन भित्र्याइने

आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख पर्यटन भित्र्याइने


चिप्लेढुङ्गा, ६ फागुन: गण्डकी प्रदेश सरकाले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटक प्रदेशमा भित्र्याइने लक्ष्य रहेको मन्त्री विकास लम्सालले जानकारी दिनुभयो । सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख बाह्य पर्यटक नेपाल भित्र्याउने घोषणा गरिसकेको छ ।

सरोकार भएकाहरुसँग मस्यौदा कार्य योजनासम्बन्धी आजको छलफलमा मन्त्री लम्सालका अनुसार सङ्घीय सरकारले सार्वजनिक गरेका पर्यटकीय गन्तव्यमध्ये गण्डकी प्रदेशमा मात्र १४ वटा छन् । तीबाहेक पनि थुप्रै पर्यटकीय सम्भावना यस क्षेत्रमा छन् । सङ्घीयताको नयाँ अभ्यासबाट प्रदेशको समृद्धिका लागि शुरु गरिएको भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्ना ठाउँबाट पहल र प्रचार प्रसार गर्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री लम्सालले भन्नुभयो “राज्यले प्रमुख दायित्व पूरा गर्छ, निजी क्षेत्र पनि सहायक भूमिका निर्वाह गरेर अगाडि बढ्नुहोस् ।” सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै पर्यटन उद्योग फस्टाउन सक्ने उहाँको धारणा थियो ।

मन्त्री लम्सालले आन्तरिक भ्रमण वर्षबाट पर्यटन विकासमा टेवा पु¥याएर जीविकोपार्जन र आयआर्जनका अवसर वृद्धि गरी दिगो विकासका लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो । छलफलमा आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको प्रतीकचिह्न र नाराका विषयमा सरोकार भएकाहरुको धारणासहित आवश्यक सुझाव सङ्कलन गरिएको थियो । गण्डकी प्रदेशको प्रकृति, संस्कृतिसहित साहसिक खेल प्रतिविम्ब हुने गरी तयार गरिएको मस्यौदा प्रतीकचिह्न सार्वजनिक गर्दै आवश्यक सुझाव मागिएको छ । प्रतीकचिह्नमा ‘फर नेचर, कल्चर र एडभेन्चर’(प्रकृति, संस्कृति र साहसका लागि’ नारा जोडिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व महसुस हुने गरी कार्ययोजना बनाउनुपर्ने बताउँदै सबै जिल्लाका ८५ वटै स्थानीय तहसँग समन्वय गर्न सुझाव दिनुभयो । छलफल कार्यक्रममा पर्यटन वर्षको औचित्य, लक्ष्य, उद्देश्य र कार्ययोजनाका बारेमा मस्यौदा समितिका संयोजक एवं नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया र मन्त्रालयका प्रवक्ता दिवाकर पौडलले जानाकारी दिनुभएको थियो । प्रदेशका ११ वटै जिल्लाका पर्यटकीय गन्तव्य र त्यसका विशेषता झल्कने गरी तयार गरिएको पर्यटकीय गन्तव्यको पाश्र्वचित्रसमेत प्रस्तुत गरी आवश्यक रायसल्लाह मागिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ९ : ०० बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा