२०८२, २५ भाद्र बुधबार

उखु किसान आन्दोलित

उखु किसान आन्दोलित


सर्लाही, ६ फागुन: गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् । सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तथा चिनी उद्योगले दिनुपर्ने बक्यौता रकम प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा नपाएपछि किसान आन्दोलनमा उत्रेका हुन् ।

तीन दिनभित्र उखु किसानको माग पूरा नगरे सशक्त आन्दोलन गर्ने नेपाल उखु उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो । “ऋण लिएर खेती गरेका किसानको खेत बिक्री गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उद्योग र मन्त्रालय धाउँदासमेत अनुदान रकम पाउन नसकेको उप्रेतीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ८ : ४७ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा