२०८३, ३१ असार बिहीबार

अवैध क्रसर बन्द गरिँदै

अवैध क्रसर बन्द गरिँदै


बर्दिवास, ५ फागुन: जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ । जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ्चालनमा रहेका क्रसर उद्योगले ती ठाउँमा अनियन्त्रित दोहन गरेर प्राकृतिक सम्पदालाई कुरुप र जोखिमयुक्त बनाएको गुनासो बढ्दै गएपछि समितिले स्थलगत अनुगमन शुरु गरेको हो । क्रसर उद्योगले तटबन्ध निर्माण गरिएका ठाउँ र वृक्षरोेपण क्षेत्रमा उतखनन गरेर बनाएका ठूलठूला खाल्डाले तटबन्ध भत्कने र वनक्षेत्रका रुख ढल्ने अवस्था देखिएको समितिका प्रवक्ता सुदीपकुमार झाले बताउनुभयो ।

उद्योग सञ्चालनका लागि स्थानीय तह र जिल्ला समन्वय समितिबाट लिनुपर्ने स्वीकृतिको समेत बेवास्ता गर्दै क्रसर सञ्चालकले मनपरी उत्खनन गरिरहेका पाइएको समितिले जनाएको छ । जिल्लामा कानूनअनुसार अभिलेखीकरण भएका छ मात्र क्रसर उद्योग देखिए पनि चार वटै नगरक्षेत्रमा ५० भन्दा बढी सञ्चालनमा भेटिएका छन् । यसअघि नदी र नदीउकास क्षेत्रमा अवैध र अनियन्त्रित दोहन बढेको व्यापक गुनासो बढेपछि जिल्ला समन्वय समितिले गत बुधबार जिल्लाका सबै क्रसर उद्योग बन्द गरेर स्थलगत अनुगमन गरी नयाँ अनुमति दिने निर्णय गरेको थियो ।

पछिल्लो पटक थालिएको स्थलगत अनुगमनमा उद्योगले २५ फिट गहिरोसम्म खाल्डो खनेका र वातावरण जोखिम अध्ययन प्रतिवेदनको पूरै बेवास्ता गरेका पाइएको छ । स्थानीय तहले विज्ञहरु परिचालित गरी बनाएको वातावरण जोखिम अध्ययन प्रतिवेदनमा कानूनअनुसार अनुमति पाएका उद्योगले नदीका दुवै किनारमा ५० फिट छाडेर तीन फिटसम्मको खाल्डो खनेर बालुढुङ्गा निकाल्न सक्ने मापदण्ड बनाए पनि अनुमति नै नलिएर जथाभावी उत्खनन बढाएपछि यसलाई नियन्त्रण गर्न स्थलगत अनुगमन थालिएको समितिले जनाएको छ ।

जिल्लाका चुरे पहाडी शृङ्खला, नदी र नदीउकास क्षेत्रमा अनियन्त्रित दोहन बढेपछि खानेपानीका मुहान सुक्दै गएको, सिमसार क्षेत्र, जलाधारक्षेत्र र वनक्षेत्र मासिदै गएर बाढीबाट डुवान र कटान बढ्दै गएको वनविज्ञहरुले चिन्ता जनाउँदै आएका छन् । समितिले पछिल्लोपटक थालेको अनुगमनले प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन नियन्त्रणमा सघाउ पुग्ने जिल्लाका बुद्धिजीवी बताउँछन् ।
-रासस

प्रकाशित मिति : २०७५, ५ फाल्गुन आईतबार  ९ : ०३ बजे

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी

ओली सरकारको पहलले अघि बढेको योजना, अब ३ वर्षभित्र हरेक स्थानीय तहमा अस्पताल बनाउने लक्ष्य

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र देशका सबै स्थानीय तहमा

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक