२०८३, २४ भाद्र बिहीबार

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद



महेन्द्रनगर , फागुन ३ : कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीकोे टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका हुन् ।

बिहीबार बिहान खानतलासी गर्दा पुनर्वास–२ दशरथबस्ती स्थित गंगालाल तिरुवाको घरवाट सुनका १०८ वटा सिक्का फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताउनुभयो । सुन सँगै दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गंगालालको घरमा खानतलासि गर्दा उक्त सुन भेट्टिएको हो ।

सुन तस्करीमा संग्लन रहेको भन्दै प्रहरी र सीआईबीको टोलीले प्रहरी जवान सुरज तिरुवा र उनका भाई लक्ष्मण तिरुवा पक्राउ गरेको छ । सुरज तिरुवा र लक्ष्मण तिरुवाले आफुलाई थाहा नै नदिई घरमा समान राखेको र उक्त समान के हो भन्ने आफुलाई थाहा नभएको गंगालालको तर्क छ । सुरज जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी जवान हुन, भने गंगालाल सुरजका ससुरा हुन् । तर लक्ष्मण भने स्थानीय भएको डिएसपी कृष्ण ओझाले बताउनुभयो ।

लक्ष्मण र प्रहरी जवान समेत रहेका सुरजले ससुरालीलाई थाहा नै नदिई सुन लुकाएको ससुरा गंगालालले बताउनुभयो । गंगालालको घरबाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो जोख्दा तौल १८ किलो भएको कञ्चनपुर प्रहरीले बताएको छ उक्त सुन भारतीय ब्यापारीको भएको बताइएको छ । उक्त सुनको मुल्य ९ करोड पर्ने बताइएको छ ।

प्रकाशित मिति : २०७५, ३ फाल्गुन शुक्रबार  ७ : २८ बजे

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग