२०८३, २४ भाद्र बिहीबार

४ सय वर्ष पुरानाे रूख चाेरी

४ सय वर्ष पुरानाे रूख चाेरी


काठमाडौँ, फागुन १ : चोरले केही पनि बाँकी राख्दो रहनेछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरू ६ वटा रूखसमेत चोरिएका छन् ।ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर (एक करोड रुपैयाँभन्दा बढी) थियो ।

चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने कार्यक्रम थियो । जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ । बोनसाई असली रूपमा रूख जस्तो देखिए पनि आकारमा कैयौं सानो हुने गर्छ । घरमा भाँडोमै बोनसाई हुर्काइन्छ ।उक्त बोनसाईको रेखदेख गर्दै आएका सिजी इमुराकी पत्नी फुयुमीले त्यसलाई नियमित रूपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन् ।

उनले चोरलाई सम्बोधन गर्दै भनेकी छन्, ‘पानी नदिने हो भने बोनसाई एक साता पनि बाँच्ने छैन । हामीले यसलाई आफ्नै सन्तान जसरी रेखदेख गर्दै आएका थियौं । तिमीले पनि त्यस्तै माया गर्नू ।’बोनसाई चोरी भएपछि आफ्नो शरीरको भाग काटेको जस्तै पीडा र छटपटी भएको उनले बताइन् । उनको ठम्याइमा चोर निकै सिपालु हुनुपर्छ । ‘३ हजार विरुवामध्ये सबैभन्दा महँगो बोनसाई छानेर लैजान चानचुने चोरले पक्कै सक्दैन’, उनले भनेकी छन् । याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, १ फाल्गुन बुधबार  ८ : ३१ बजे

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग