२०८३, २१ श्रावण शुक्रबार

दूध बेचेर मासिक २२ लाख आम्दानी

दूध बेचेर मासिक २२ लाख आम्दानी


गाेरखा, माघ २९ :  गोरखको पालुङटार नगरपालिका च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाई पादलन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन् ।

जसमध्ये १३० दुहुना छन् । एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन् । ३० लिटर दूध दिने गाईलाई दिनमा ३ पटक दुहुने गरिएको छ । फार्ममा दैनिक १४ सयदेखि १४ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । फार्ममा नै चिस्यान केन्द्र राखेका उनले प्रतिलिटर ५३ रुपैयाँमा भक्तपुरको खरिपाटी डेरीमा दूध बिक्री गर्छन् । आम्दानीबाट खर्च कटाएर न्यूनतम ३ लाख रुपैयाँ नाफा हुने पन्तले बताए ।

फार्मका लागि ३ सय ४० रोपनीमा १८ किसिमका घाँस खेती लगाइएको छ । १७ रोपनीमा १३ गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिस्यान केन्द्र छ । पशुपालनमा आधुनिकीकरण गर्दै उनले मेसिनबाट दूध दुहुने गर्छन । ‘दूध दुहुने मेसिन ४ वटा, छन् । ६ जनाले २ घन्टामा दुहेर सक्छन्,’ उनले भने । यो समाचार अनुपमा खनालले कारोबारमा लेखेकी छन् ।

प्रकाशित मिति : २०७५, २९ माघ मंगलबार  ७ : २८ बजे

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी