२०८३, २४ भाद्र बिहीबार

आइतबारदेखि देशैभर मौसम सफा हुने

आइतबारदेखि देशैभर मौसम सफा हुने


काठमाडौं, माघ २६ : आगामी आइतबारदेखि देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए । काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबारदेखि मौसम सफा हुने पौडेलले बताए । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, २६ माघ शनिबार  ८ : ०४ बजे

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको

घर जलाउने मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका

२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो

मुगु । अविरल वर्षासँगै गएको भीषण पहिरोका कारण कर्णाली राजमार्ग

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले