२०८३, १० भाद्र बिहीबार

तीन महीनादेखि खलङ्गा सदरमुकाम अन्धकारमय

तीन महीनादेखि खलङ्गा सदरमुकाम अन्धकारमय


सिञ्जा, २५ माघ : तीन महीनादेखि सदरमुकाम खलङ्गा अन्धकारमय बनेको छ । गत मङ्सिरदेखि सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ । महीनौँदेखि बिजुली नहुँदा व्यापारीले करोडौँ रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको गुनासो गरेका छन् । बिजुली नहुँदा स्थानीयवासी टुकी र वैकल्पिक ऊर्जाको व्यवस्था गर्न बाध्य छन् ।

साना जलविद्युत् उपभोक्ता समिति खलङ्गाको लापर्वाहीका कारण उपभोक्ता बिजुलीबाट वञ्चित भएका हुन् । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले चाँडै नै विद्युत् आपूर्ति गर्न लगाइने बताउनुभयो । बिजुली नहुँदा खलङ्गाका होटल व्यवसायी, व्यापारी, उद्योगीलगायत मारमा परेका अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताउनुभयो ।

एसइई र लोकसेवा तयारीका लागि सदरमुकाम झरेका सयौँ विद्यार्थीको पठनपाठन बिजुली नहुँदा प्रभावित भएको छ । “बिजुली नबालेरै पैसो तिर्न बाध्य छौँ”, उपभोक्ता सीता बुढाले भन्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  ९ : १७ बजे

बाढीमा परेकाहरूको खोजी र उद्धार तीव्र पार्न चिनियाँ राष्ट्रपतिको निर्देशन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि चिनियाँ

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र