२०८३, १ भाद्र मंगलबार

लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बामा सोनाम ल्होछार (फोटो फिचर)

लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बामा सोनाम ल्होछार (फोटो फिचर)


सिन्धुपाल्चोक जिल्लाको लिसंखुका तामाङ समुदायले पनि विभिन्न कार्यक्रम गरी २८५५ औँ सोनाम ल्होछार मनाएका छन् ।

लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ मा रहेको छ्योइफेल कुन्देलिङ गुम्बामा कार्यक्रम गरी ल्होछार मनाइएको हो । वडा कार्यालयको सक्रियतामा भएको कार्यक्रमममा लामा नाच, बोन्बो नाच, डम्फु नाच, ताम्बा नाच, पञ्चे बाजा नाच लगायतका झाँकी प्रस्तुत गरिएको थियो । त्यस्तै तामाङ समुदायको खानाका परिकार समेत राखिएको थियो ।

कार्यक्रममा लामा गुरुहरुले मोलम पाठ गरेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष हस्त बहादुर मोक्तानले ल्होछार गाउँ–गाउँ, टोल–टोल, घर–घरमा मान्नुपर्ने बताए । विभिन्न जात जातिले भरिएको समाजमा एकले अर्कोको संस्कार, संस्कृति, भाषा, धर्मलाई सम्मान गर्नुपर्ने भन्दै उनले वडा कार्यालयले दिने सेवा, सुविधामा विभेद नहुने बताए ।

वडाध्यक्ष मोक्तानले तामाङ घेदुङलाई सहर केन्द्रित ल्होछार कार्यक्रम नगर्न समेत आग्रह गरे । ‘ल्होछारलाई सहर केन्द्रित गरेर हुदैँन उनले भने ‘हामी हाम्रो सँस्कृतिलाई गाउँ गाउँमा पुर्याउन चाहाँन्छौँ, तामाङ घेदुङ पनि त्यहि बाटोमा अघि बढोस् ।’

कार्यक्रममा नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नम्बर २ का साथै छिमेकी वडाबाट समेत सहभागि भएका थिए । वडा कार्यालयले प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएकालाई नगर पुरस्कार प्रदान गरेको थियो ।

ल्होछार कार्यक्रमममा शिक्षक, विद्यार्थी, बृद्धाबृद्ध, लामा गुरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागि भएका थिए ।

तस्बिरहरुः कृष्ण श्रेष्ठ र प्रेम कुमार ङ्याङजोको फेसबुकबाट

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  १ : ३८ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक