२०८२, २५ कार्तिक सोमबार

लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बामा सोनाम ल्होछार (फोटो फिचर)

लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बामा सोनाम ल्होछार (फोटो फिचर)


सिन्धुपाल्चोक जिल्लाको लिसंखुका तामाङ समुदायले पनि विभिन्न कार्यक्रम गरी २८५५ औँ सोनाम ल्होछार मनाएका छन् ।

लिसंखु पाखर गाउँपालिकाको वडा नम्बर २ मा रहेको छ्योइफेल कुन्देलिङ गुम्बामा कार्यक्रम गरी ल्होछार मनाइएको हो । वडा कार्यालयको सक्रियतामा भएको कार्यक्रमममा लामा नाच, बोन्बो नाच, डम्फु नाच, ताम्बा नाच, पञ्चे बाजा नाच लगायतका झाँकी प्रस्तुत गरिएको थियो । त्यस्तै तामाङ समुदायको खानाका परिकार समेत राखिएको थियो ।

कार्यक्रममा लामा गुरुहरुले मोलम पाठ गरेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष हस्त बहादुर मोक्तानले ल्होछार गाउँ–गाउँ, टोल–टोल, घर–घरमा मान्नुपर्ने बताए । विभिन्न जात जातिले भरिएको समाजमा एकले अर्कोको संस्कार, संस्कृति, भाषा, धर्मलाई सम्मान गर्नुपर्ने भन्दै उनले वडा कार्यालयले दिने सेवा, सुविधामा विभेद नहुने बताए ।

वडाध्यक्ष मोक्तानले तामाङ घेदुङलाई सहर केन्द्रित ल्होछार कार्यक्रम नगर्न समेत आग्रह गरे । ‘ल्होछारलाई सहर केन्द्रित गरेर हुदैँन उनले भने ‘हामी हाम्रो सँस्कृतिलाई गाउँ गाउँमा पुर्याउन चाहाँन्छौँ, तामाङ घेदुङ पनि त्यहि बाटोमा अघि बढोस् ।’

कार्यक्रममा नृत्य प्रतियोगिता समेत गरिएको थियो । प्रतियोगितामा वडा नम्बर २ का साथै छिमेकी वडाबाट समेत सहभागि भएका थिए । वडा कार्यालयले प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएकालाई नगर पुरस्कार प्रदान गरेको थियो ।

ल्होछार कार्यक्रमममा शिक्षक, विद्यार्थी, बृद्धाबृद्ध, लामा गुरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागि भएका थिए ।

तस्बिरहरुः कृष्ण श्रेष्ठ र प्रेम कुमार ङ्याङजोको फेसबुकबाट

प्रकाशित मिति : २०७५, २५ माघ शुक्रबार  १ : ३८ बजे

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार)

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको नाताले एमालेका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)

मधेस प्रदेशमा तीन मन्त्री नियुक्त, होटलमा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत