२०८३, १ भाद्र मंगलबार

सामुदायिक वनबाट काठ चोरी गर्ने पक्राउ

सामुदायिक वनबाट काठ चोरी गर्ने पक्राउ


बेत्रावती, २३ माघ : नुवाकोटको तार्केश्वर गाँउपालिका–४ बुधसिंहस्थित सामुदायिक वनबाट चोरी गरेर लैजाँदै गरेको अवैध काठसहित चार जनालाई आज उपभोक्ताले नियन्त्रणमा लिएका छन् ।

नेवारपानी ढोडपाखा सामुदायिक वनबाट आज अवैध रुपमा कटान गरी लैजाँदै गरेको ६२ गोलिया काठसहित एक थान मिनीट्रक, काठ काट्न प्रयोग गरिएको आरीसहित चोरीमा संलग्न चार जनालाई सामुदायिक वनका उपभोक्ताले समातेर कारवाहीका लागि वन कार्यालयमा बुझाएको उपभोक्ता समितिका सचिव राजु पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार बा.४ख ६३५१ नंको गाडीसहित पक्राउ पर्नेमा त्यसका चालक नुवाकोट शिवपुरी गाउँपालिका–१ का राजेश तामाङ, वडा नं ३ का टीका लामा र राजकुमार लामा तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का सुजन तामाङ रहेका छन् ।

उनीहरुले रातको समयमा सामुदायिक वनबाट २२ वटा खोटेसल्लाको रूख कटान गरी गोलिया बनाएर लैजाँदै गरेको समयमा उपभोक्ताले नियन्त्रणमा लिएर कारवाहीका लागि वन कार्यालयमा बुझाएको डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले जानकारी दिनुभयो । पक्राउ परेकालाई वन ऐनअनुसार नुवाकोट जिल्ला अदालतबाट कारवाहीका लागि अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ माघ बुधबार  ६ : ५८ बजे

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक