२०८३, ३१ असार बिहीबार

सिङ्गटी सडकमा ‘पेनिट्रेसन मेकाडम’

सिङ्गटी सडकमा ‘पेनिट्रेसन मेकाडम’


जिरी, २२ माघ : दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन सरफेस ट्रिटमेन्ट) सामान्यतया एक हजार ५०० मिटर उचाइसम्मको हावापानीमा मात्र उपयुक्त मानिन्छ । सरफेसको तापक्रम १८ डिग्री सेल्सियस भएपछि फस्ट लेयरमा २५ एमएमसम्मको चिप्स र सेकेण्ड लेयरमा घटीमा आठ एमएमको चिप्स विटुमिनमाथि बिछ्याएर कम्प्याक्सन गरेपछि डिबिएसटी पिच पूरा भएको मानिन्छ । करीब एक हजार ९०० मिटरभन्दा माथिको उचाइमा रहेको दोलखा–सिङ्गटी सडकखण्डमा सस्तो मूल्यको डिबिएसटी प्रविधिको पिच गर्दा गोलाइ तथा ओसिलो भागमा पिच नअडिएपछि करीब आठ किलोमिटर मोड तथा ओसिलो सडकखण्डमा उक्त प्रविधि अपनाइने छ ।

शुरु गरिने भनिएको ‘पेनिट्रेसन मेकाडम’ प्रविधि नेपालको जुनसुकै भूभागमा उपयुक्त मानिने प्रविधि हो । सो प्रविधिको लागत डिबिएसटीको भन्दा दोब्बर हुने गरेको सडक डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले बताउनुभयो । माथिल्लो तामाकोशीलगायत एक दर्जनभन्दा बढी निर्माणाधीन जलविद्युत् आयोजनाका मालवाहक गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्र नगरेको भन्दै सो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले उक्त विधि अपनाउन लागेको हो ।

पैतिस किलोमिटर दूरीको सो सडकखण्डमध्ये हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्र भइसकेको छ । भूकम्पपछि एशियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्र गराइरहेको छ । रु ६८ करोड ६२ लाख ७० हजार ८१० को लागतमा स्वछन्द निर्माण सेवा र चाइनिज कम्पनी सिआर फाइफले सेप्टेम्बर २०१६ देखि संयुक्त रुपमा सो सडक निर्माण गरिराखेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ६ : ३७ बजे

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९०

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी