२०८२, ८ पुस मंगलबार

सिङ्गटी सडकमा ‘पेनिट्रेसन मेकाडम’

सिङ्गटी सडकमा ‘पेनिट्रेसन मेकाडम’


जिरी, २२ माघ : दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन सरफेस ट्रिटमेन्ट) सामान्यतया एक हजार ५०० मिटर उचाइसम्मको हावापानीमा मात्र उपयुक्त मानिन्छ । सरफेसको तापक्रम १८ डिग्री सेल्सियस भएपछि फस्ट लेयरमा २५ एमएमसम्मको चिप्स र सेकेण्ड लेयरमा घटीमा आठ एमएमको चिप्स विटुमिनमाथि बिछ्याएर कम्प्याक्सन गरेपछि डिबिएसटी पिच पूरा भएको मानिन्छ । करीब एक हजार ९०० मिटरभन्दा माथिको उचाइमा रहेको दोलखा–सिङ्गटी सडकखण्डमा सस्तो मूल्यको डिबिएसटी प्रविधिको पिच गर्दा गोलाइ तथा ओसिलो भागमा पिच नअडिएपछि करीब आठ किलोमिटर मोड तथा ओसिलो सडकखण्डमा उक्त प्रविधि अपनाइने छ ।

शुरु गरिने भनिएको ‘पेनिट्रेसन मेकाडम’ प्रविधि नेपालको जुनसुकै भूभागमा उपयुक्त मानिने प्रविधि हो । सो प्रविधिको लागत डिबिएसटीको भन्दा दोब्बर हुने गरेको सडक डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले बताउनुभयो । माथिल्लो तामाकोशीलगायत एक दर्जनभन्दा बढी निर्माणाधीन जलविद्युत् आयोजनाका मालवाहक गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्र नगरेको भन्दै सो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले उक्त विधि अपनाउन लागेको हो ।

पैतिस किलोमिटर दूरीको सो सडकखण्डमध्ये हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्र भइसकेको छ । भूकम्पपछि एशियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्र गराइरहेको छ । रु ६८ करोड ६२ लाख ७० हजार ८१० को लागतमा स्वछन्द निर्माण सेवा र चाइनिज कम्पनी सिआर फाइफले सेप्टेम्बर २०१६ देखि संयुक्त रुपमा सो सडक निर्माण गरिराखेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २२ माघ मंगलबार  ६ : ३७ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ