२०८३, ९ भाद्र बुधबार

काठमाडौँमा चोरी गर्ने १२४ पक्राउ

काठमाडौँमा चोरी गर्ने १२४ पक्राउ


काठमाडौँ, १८ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चोरी विशेष अभियान’अन्तर्गत उनीहरुलाई पक्राउ गरी कारवाही गरिएको हो । परिसर र महाशाखाले आज पत्रकार सम्मेलन गरी विशेष अभियान सञ्चालन गरी चोरी गर्नेलाई रङ्गेहात पक्राउ गरी कारवाही गरेको जानकारी दिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले दिउँसोको समयमा बढी मात्रामा चोरी तथा लुटपाट हुने गरेको जानकारी दिनुभयो । “अरु सामग्रीको तुलनामा नगद, सुन, चाँदी बढी चोरी हुने गरेको छ”,उहाँले भन्नुभयो । साथीभाईको संगत, विगतको घरमा बसेर विगतको घरबेटीको बारेमा सबै जानकारी पाएका, भारतबाट नेपालमा आएर विभिन्न व्यवसाय गर्ने व्यक्ति चोरीमा बढी संलग्न भएको परिसरले जनाएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले १८ देखि ३० वर्ष उमेरका व्याक्ति बढी चोरीमा संलग्न भएको पाइएको बताउनुभयो । “प्रहरीले शुरु गरेको ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमले चोरीमा संलग्न पक्राउ गर्न सजिलो भएको छ”,उहाँले भन्नुभयो । परिसर र महाशाखाको टोलीले हिजो र आजमात्र बानेश्वरबाट १७, महाराजगञ्जबाट १३, न्यूरोडबाट ८, थानकोटबाट नौलाई पक्राउ गरेको छ भने ८३ जनासँग अनुसन्धान गरिरहेको छ । दुई महिला र १९ पुरुष धरौटीमा छुटेका छन् । यस्तै तीन महिला र २१ पुरुषलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : २६ बजे

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

ब्यारोन ट्रम्पलाई मार्न १ करोड डलरको इनाम घोषणा? इरानी सरकारी टेलिभिजनको भिडियोपछि अमेरिका सतर्क

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा ब्यारोन ट्रम्पलाई

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५२.३७, पाउन्ड २०८.६७ र युरो १७८.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

संसदमा आज बालेनको परीक्षा : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री बालेन्द्र शाहका लागि महत्वपूर्ण