२०८३, ३० भाद्र बुधबार

नुवाकोटमा मिनिट्रक दुर्घटना:एक बालकको मृत्यु,चार घाइते

नुवाकोटमा मिनिट्रक दुर्घटना:एक बालकको मृत्यु,चार घाइते


नुवाकोट, १८ माघ : ककनी गाउँपालिकाको काउलेमा आज भएको मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ महादेवस्थानबाट काउलेतर्फ जाँदै गरेको बा४ख ३७२८ नंको मिनिट्रक दुर्घटना हुँदा ककनीका ६ वर्षीय हेमन बलामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । गम्भीर घाइते उनलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका ११ वर्षीय अभिषेक बलामी, १० वर्षीय शक्ति बलामी, २७ वर्षीय अमर बलामी र २५ वर्षीया विनुदेवी बलामी घाइते भएका छन् । घाइतेको काठमाडौँस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ । मिनिट्रक सडक भासिएर १०० मिटर तल खसेको हो । चालक शङ्कर बलामी फरार छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : २२ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको