२०८२, ७ चैत्र आईतबार

बस र ट्रक ठोक्किदा २१ घाइते

बस र ट्रक ठोक्किदा २१ घाइते


लमही, १५ माघ: दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुवहाक बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालगञ्जबाट घोराहीतर्फ आउँदै गरेको ना ५ ख २७९९ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख १२८२ नम्बरको ट्रक ठोक्किदा ट्रक चालक र बस चालक गम्भीर घाइते रहेका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । बसको लापरवाहीका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ माघ मंगलबार  ९ : २० बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको