२०८३, ३० भाद्र बुधबार

भूटानी शरणार्थी शिविरमा आगलागी

भूटानी शरणार्थी शिविरमा आगलागी


दमक, १३ माघ: झापाको दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आज अपराह्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् । अपराह्न ५ बजेतिर आगलागी हुँदा शिविरका सात वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य पाँच वटा घर आगो निभाउने क्रममा भत्काइएको थियो ।

आगो बेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नं १०२ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको भन्ने खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणका क्रममा रहेकाले क्षतिको पूर्ण विवरण आई नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ९ : ०८ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको