२०८२, २४ असार मंगलबार

२५ वर्षीया महिलाको रहस्यमय मृत्यु

२५ वर्षीया महिलाको रहस्यमय मृत्यु


सप्तरी, १३ माघ: सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीकी २५ वर्षीया ललितादेवी साहको रहस्यमय मृत्यु भएको छ । आँपको रूखमा झुण्डी मृत्यु भएको अवस्थामा शनिबार फेला परेपछि उनका माइती पक्षले हत्या गरी आत्महत्या देखाउन रूखमा झुण्ड्याइएको आरोप लगाएका छन् । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको ललिताको शवको घाँटीमा पासोको नीलडामबाहेक अन्य चोटपटक नदेखिएको तर परिवारका सदस्य फरार भएकाले शङ्कास्पद रहेको बताए ।

घटनापछि मृतकका श्रीमान् शङ्कर साह, देवर राजकुमार साह र ससुरा रामदेव साह फरार छन् । शवपरीक्षणबाट धेरै कुरा स्पष्ट हुने र अनुसन्धानमा सहयोग पुग्ने बताउनुभएका प्रहरी निरक्षक बस्यालले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । मृतककी बहिनी बन्दना साहले श्रीमान्सहित घरपरिवारका सदस्यहरुले नै हत्या गरेर झुण्ड्याएको आरोप लगाउनुभयो । शव र घटनास्थलको अवस्था हेर्ने जो कसैले हत्यापछि रूखमा झुण्ड्याएको भन्न सक्ने मृतकका दाजु विनोदकुमार साहको दाबी छ ।

यसअघि पनि ललितामाथि कुटपिट हुने गरेको कुरा उनी माइत आएका बेला सुनाउने गरेको विनोदले बताउनुभयो । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको मृतक ललिताको नाक, मुखबाट रगत बगेको, आँखा, टाउको, छातीमा चोटपटक लागेको देखिएको भन्दै डा कल्पना साहले फोरेन्सिक जाँचका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुभएको छ । शवलाई शवपरीक्षणका लागि आज साँझ धरानस्थित प्रतिष्ठान लगिएको छ । शङ्करका मामा सोही ठाउँका इन्द्रदेव साहले घटनास्थल पुगेको प्रहरीसहितको टोलीले आत्महत्या नै भएको भने पनि माइती पक्षले हत्या गरेको भनेर आरोप लगाउन थालेपछि मृतकका श्रीमान् डरले फरार भएको बताउनुभयो । सामाजिक परम्पराअनुसार १४ वर्षअघि विवाहिता ललिताका दुई छोरा छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ८ : ५४ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज