२०८३, ३१ असार बिहीबार

२५ वर्षीया महिलाको रहस्यमय मृत्यु

२५ वर्षीया महिलाको रहस्यमय मृत्यु


सप्तरी, १३ माघ: सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीकी २५ वर्षीया ललितादेवी साहको रहस्यमय मृत्यु भएको छ । आँपको रूखमा झुण्डी मृत्यु भएको अवस्थामा शनिबार फेला परेपछि उनका माइती पक्षले हत्या गरी आत्महत्या देखाउन रूखमा झुण्ड्याइएको आरोप लगाएका छन् । घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुग्नुभएका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको ललिताको शवको घाँटीमा पासोको नीलडामबाहेक अन्य चोटपटक नदेखिएको तर परिवारका सदस्य फरार भएकाले शङ्कास्पद रहेको बताए ।

घटनापछि मृतकका श्रीमान् शङ्कर साह, देवर राजकुमार साह र ससुरा रामदेव साह फरार छन् । शवपरीक्षणबाट धेरै कुरा स्पष्ट हुने र अनुसन्धानमा सहयोग पुग्ने बताउनुभएका प्रहरी निरक्षक बस्यालले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । मृतककी बहिनी बन्दना साहले श्रीमान्सहित घरपरिवारका सदस्यहरुले नै हत्या गरेर झुण्ड्याएको आरोप लगाउनुभयो । शव र घटनास्थलको अवस्था हेर्ने जो कसैले हत्यापछि रूखमा झुण्ड्याएको भन्न सक्ने मृतकका दाजु विनोदकुमार साहको दाबी छ ।

यसअघि पनि ललितामाथि कुटपिट हुने गरेको कुरा उनी माइत आएका बेला सुनाउने गरेको विनोदले बताउनुभयो । शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको मृतक ललिताको नाक, मुखबाट रगत बगेको, आँखा, टाउको, छातीमा चोटपटक लागेको देखिएको भन्दै डा कल्पना साहले फोरेन्सिक जाँचका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्नुभएको छ । शवलाई शवपरीक्षणका लागि आज साँझ धरानस्थित प्रतिष्ठान लगिएको छ । शङ्करका मामा सोही ठाउँका इन्द्रदेव साहले घटनास्थल पुगेको प्रहरीसहितको टोलीले आत्महत्या नै भएको भने पनि माइती पक्षले हत्या गरेको भनेर आरोप लगाउन थालेपछि मृतकका श्रीमान् डरले फरार भएको बताउनुभयो । सामाजिक परम्पराअनुसार १४ वर्षअघि विवाहिता ललिताका दुई छोरा छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ८ : ५४ बजे

डोल्पामा ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ, रकमको स्रोत खुलेन

डोल्पा । डोल्पामा स्रोत पुष्टि हुन नसकेको ५५ लाख ९०

कोशी सरकारबाट पनि कांग्रेस बाहिरिने तयारी, चार मन्त्रीले आजै राजीनामा दिने

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)

अनुमति बिना दुई महिना कार्यालय नआउने २३ स्वास्थ्यकर्मी कारबाहीमा, मन्त्रालयले माग्यो स्पष्टीकरण

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई

राष्ट्र बैंकको नयाँ व्यवस्था : अब सबल कम्पनीको शेयर धितोमा ८० प्रतिशतसम्म कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो (मार्जिन लेन्डिङ) कर्जासम्बन्धी

सुदूरपश्चिममा सत्ता समीकरण पेचिलो, नेकपा संसदीय दलको बैठक आज

धनगढी । सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र आगामी