२०८३, २४ भाद्र बिहीबार

हिमपातले चिनियाँ सामान आयात ठप्प

हिमपातले चिनियाँ सामान आयात ठप्प


रसुवा, १३ माघ: हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार हिमपातले चिनियाँ भूभागको सडक तीन दिनदेखि बन्द भएको आफुले जानकारी पाएको र मालसामान लिन गएका कुनै पनि मालवाहक सवारी साधन फर्किएका छैनन् ।

तीन दिनअगाडि भन्सार हातामा प्रवेश गरेका मालवाहक सवारी साधनको सामान मात्र परीक्षण गरी काठमाडौँतर्फ पठाउन छोडपुर्जी दिने काम भने अगाडि बढेको भन्सारले जनाएको छ । रसुवागढीनाकाबाट करीब ३०० मालवाहक सवारी साधन मितेरीपुलबाट केरूङतर्फ गएको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक जीवन केसीले जानकारी दिनुभयो ।

केरूङको बजारमा एक फिटभन्दा अग्लो हिमपात भएको र कोठाबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको मालसामान लिन गएका सवारी चालकले जानकारी पठाएका छन् । रसुवागढीबाट २३ किलोमिटर पर केरूङ बजारको र अधिकांश सडकमा मोटरका टायर गुडाउन सक्ने अवस्था नरहेको सवारी चालकले बताएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ माघ आईतबार  ८ : ४३ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४