२०८३, १ भाद्र मंगलबार

हिमपातले उत्तरी गोरखाको जनजीवन कष्टकर

हिमपातले उत्तरी गोरखाको जनजीवन कष्टकर


गोरखा, १२ माघ: गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लाप्राकलगायतका क्षेत्रका बासिन्दा घर बाहिर निस्कनसमेत समस्या भएको स्थानीयवासीले बताएका छन् । “मौसममा सुधार भएसँगै बिहीबार केही कम भएको थियो”, धार्चे गाउँपालिका–४ लाप्राकका भीमराज गुरुङले भन्नुभयो, “शुक्रबार बेलुकीदेखि उस्तै भएको छ ।” अत्यधिक हिमपात भएपछि घरबाट बाहिर निस्कनसमेत समस्या भएको उहाँको भनाइ छ ।

हिउँले मानिस हिँड्ने पैदल बाटोसमेत ढाकिएपछि ओहोरदोहोर गर्नसमेत समस्या भएको गुरुङले जानकारी दिनुभयो । हिउँले लाप्राकको गुप्सीपाखा क्षेत्र पनि पूरै सेताम्मे बनेको उहाँले बताउनुभयो । भूकम्पपछि गैरआवासीय नेपाली सङ्घ (एनआरएन) निर्माण गर्न गरिरहेको एकीकृत नमूना बस्ती निर्माणको कामसमेत हिमपातका कारण प्रभावित भएकोे छ । त्यस्तै हिउँले जङ्गलमा रहेका बुट्यानसमेत ढाकिएको गुरुङले जानकारी दिनुभयो ।

अहिले करीब तीन फिटसम्म जमेको हिउँका कारण जनजीवन कष्टकर बनेको लाप्राककी आशामाया गुरुङले जानकारी दिनुभयो । “चिसोले गाह्रो भएको छ, घरभित्रै आगो तापेर बसेका छौँ”, उहाँले भन्नुभयो, “चिसोबाट बालबच्चा र वृद्धवृद्धा बढी समस्या भएको छ ।” हिउँका कारण घरपालुवा जनावरलाई पनि घाँस खुवाउन गाह्रो भएको गुरुङको भनाइ छ । हिउँले चिसो भए पनि हिउँ परेपछि स्थानीयवासी भने खुशी भएका उहाँले बताउनुभयो । हिउँ परेपछि जमीन मलिलो हुने र खेतीपाती राम्रो हुनेहँुदा किसान खुशी भएको गुरुङले जानकारी दिनुभयो । अहिले उत्तरी गोरखाको विभिन्न क्षेत्र हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ माघ शनिबार  ७ : ४० बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत