२०८२, २४ भाद्र मंगलबार

नुवाकोटमा मिनीट्रक दुर्घटना, पाँच जना घाइते

नुवाकोटमा मिनीट्रक दुर्घटना, पाँच जना घाइते


विदुर, ११ माघ: नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं ५ शिवालयमा मिनीट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । छड लिएर शिवालयबाट कविलास माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बा ५ ख ५०२५ नंको आइचर कम्पनीको गाडी सडकबाट तल खस्दा त्यसमा सवार चारजनासँगै घाँस काट्दै गरेकी एक महिला घाइते भएका छिन् ।

सवारी चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको काठमाडौँमा उपचार भइरहेको नुवाकोटका प्रहरी नायब निरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उपचारत घाइतेको अवस्था सामान्य रहेको र फरार रहेका सवारी चालकको खोजी भइहेको बताइएको छ ।
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : १२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा