२०८३, २२ आश्विन शुक्रबार

नुवाकोटमा मिनीट्रक दुर्घटना, पाँच जना घाइते

नुवाकोटमा मिनीट्रक दुर्घटना, पाँच जना घाइते


विदुर, ११ माघ: नुवाकोटको पञ्चकन्या गाँउपालिका वडा नं ५ शिवालयमा मिनीट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । छड लिएर शिवालयबाट कविलास माध्यमिक विद्यालयतर्फ जाँदै गरेको बा ५ ख ५०२५ नंको आइचर कम्पनीको गाडी सडकबाट तल खस्दा त्यसमा सवार चारजनासँगै घाँस काट्दै गरेकी एक महिला घाइते भएका छिन् ।

सवारी चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको काठमाडौँमा उपचार भइरहेको नुवाकोटका प्रहरी नायब निरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उपचारत घाइतेको अवस्था सामान्य रहेको र फरार रहेका सवारी चालकको खोजी भइहेको बताइएको छ ।
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : १२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य