२०८२, ३२ असार बुधबार

शहरी क्षेत्रका सडक किनारका अव्यवस्थित तारको व्यवस्थापन गर्न प्राधिकरणको आदेश

शहरी क्षेत्रका सडक किनारका अव्यवस्थित तारको व्यवस्थापन गर्न प्राधिकरणको आदेश


काठमाडौँ, ११ माघ : नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रका सडक किनारमा अलपत्र अवस्थामा रहेका तारको तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सडक किनारमा टेलिफोन तथा बिजुलीको खम्बामा रहेका तथा लत्रिएका अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारले शहरी सौन्दर्य बिगारेको उल्लेख गरेको छ । त्यस्ता तारले आगलागी, विद्युतीय झट्का र सडकमा हिँड्ने पैदलयात्रु तथा सवारी साधन दुर्घटनाको कारण बनिरहेको भन्दै प्राधिकरणले त्यस्ता अनधिकृत तारको तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले खम्बाको स्वामित्व भएका नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग आवश्यक समन्वय गरी एक महीनाभित्र तारको व्यवस्थापन गर्न आग्रह गरेको छ । पहिचान खुल्ने चिह्न राख्न, तार व्यवस्थित गर्न र भुईंबाट झुण्ड्याएको तारको दूरीलगायत प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न सूचित गरेको छ । सो समयभित्र अव्यवस्थित तारको व्यवस्थापन नगरेको खण्डमा प्राधिकरणले कानूनबमोजिम कारवाही गर्ने आज प्रकाशित सूचनामा उल्लेख छ
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : ०७ बजे

नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

काठमाडौं । नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न

पेट्रोल र डिजलको मूल्य घटयो

काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । केही दिनका लागि संघीय संसदका दुवै सदनका बैठक

आज पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी