२०८३, १८ आश्विन सोमबार

शहरी क्षेत्रका सडक किनारका अव्यवस्थित तारको व्यवस्थापन गर्न प्राधिकरणको आदेश

शहरी क्षेत्रका सडक किनारका अव्यवस्थित तारको व्यवस्थापन गर्न प्राधिकरणको आदेश


काठमाडौँ, ११ माघ : नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यका लगायतका शहरी क्षेत्रका सडक किनारमा अलपत्र अवस्थामा रहेका तारको तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले सडक किनारमा टेलिफोन तथा बिजुलीको खम्बामा रहेका तथा लत्रिएका अनधिकृत तथा असुरक्षित तवरले राखिएका तारले शहरी सौन्दर्य बिगारेको उल्लेख गरेको छ । त्यस्ता तारले आगलागी, विद्युतीय झट्का र सडकमा हिँड्ने पैदलयात्रु तथा सवारी साधन दुर्घटनाको कारण बनिरहेको भन्दै प्राधिकरणले त्यस्ता अनधिकृत तारको तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

प्राधिकरणले खम्बाको स्वामित्व भएका नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग आवश्यक समन्वय गरी एक महीनाभित्र तारको व्यवस्थापन गर्न आग्रह गरेको छ । पहिचान खुल्ने चिह्न राख्न, तार व्यवस्थित गर्न र भुईंबाट झुण्ड्याएको तारको दूरीलगायत प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न सूचित गरेको छ । सो समयभित्र अव्यवस्थित तारको व्यवस्थापन नगरेको खण्डमा प्राधिकरणले कानूनबमोजिम कारवाही गर्ने आज प्रकाशित सूचनामा उल्लेख छ
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : ०७ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय