२०८३, १३ जेष्ठ बिहीबार

बाँदर नियन्त्रणका लागि गाउँपालिकाले छुट्यायो रु पाँच लाख

बाँदर नियन्त्रणका लागि गाउँपालिकाले छुट्यायो रु पाँच लाख


मेलम्ची, ११ माघ: सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो ।

वन्यजन्तुलाई कानून विपरीत मार्ने भन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जङ्गलमानै कसरी राख्न सकिन्छ भन्ने बारे अध्ययन गर्ने निर्णय भएको छ । बाँदरले घरघरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दा समेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नं– ३ धुस्कुनबाट शुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सञ्चालन गर्ने निर्णय गरिएको छ । विशेष गरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुकुदेव रिसालले जानकारी दिनुभयो । बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसाान बाँदरको दुःखबाटमुक्त हुने विश्वास लिइएको छ ।
रासस

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ७ : ०० बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक