२०८३, १० भाद्र बिहीबार

जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध

जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध


डोल्पा, १० माघ: हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिनुभयो ।

“मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उहाँले भन्नुभयो । हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,” सिंहले भन्नुभयो । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ७ : ५६ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री