२०८२, २४ असार मंगलबार

काभ्रेको च्याल्टिमा भिर खस्दा डोजर चालक घाइते

काभ्रेको च्याल्टिमा भिर खस्दा डोजर चालक घाइते


काठमाण्डौँ, १० माघ: काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा भिर खस्दा डोजर चालक घाइते भएका छन् । बिहिबार च्याल्टि खोला–दमार खोला हुदैँ नारायणस्थान जोड्ने सडक खन्ने क्रममा माथिबाट भिर खस्दा दोलखा घर भएका डोजर चालक सुरेश खड्का घाइते हुन् ।

वडाध्यक्ष खजेनची लामाका अनुसार दमारको फिमपाखा भिर खन्ने क्रममा माथिबाट चटान खस्दा चालक घाइते भएका हुन् । डोजर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सामान्य घाइते भएका चालक खड्का धुलिखेल अस्पतालमा उपचार पछि घर पर्किएको वडाध्यक्ष लामाले जानकारी दिए ।

गाउँपालिकाको बजेटमा उपभोक्ता समितिले सडक निर्माणको काम गरिरहेको छ । “भिर एकदमै अप्ठ्यारो थियो, वडाध्यक्ष लामाले भने यसअघिका डोजर चालकलाई पनि उक्त क्षेत्रमा नखन्नु भनेका थियौँ, त्यो बेला खनिएको थिएन्, तर अहिले खनिएछ, घटना भयो । उनका अनुसार उक्त क्षेत्रमा तलबाट ग्याविन उठाएर मात्रै सडक फराकिलो बनाउन सकिन्छ ।

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ६ : ११ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज