२०८३, १८ आश्विन सोमबार

सडकको बीचमै रूख राखेर कालोपत्रे गर्ने तयारी

सडकको बीचमै रूख राखेर कालोपत्रे गर्ने तयारी


काठमाडौँ, माघ १० : सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् ।

सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् ।

रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनएको छ । यो समाचार नयाँ पत्रिका बाट साभार गरिएको हो ।

आयोजना कार्यान्वयन इकाइ प्रमुख सुरेशकुमार वाग्ले वन कार्यालयले रूख कटानको अनुमति नदिँदा रूखवरिपरिको केही ठाउँ छाडेर सडक कालोपत्रे गर्न लागिएको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकन गरी रूख कटान अनुमतिका लागि गत असारअघि नै वन मन्त्रालयमा फाइल पठाए पनि स्वीकृति नपाएको उनले बताए ।

रूख काट्न पाइएन, सार्न सकिएन, त्यसैले यही अवस्थामा पिच गर्दै छौँ
सुरेशकुमार वाग्ले
आयोजना कार्यान्वयन इकाइ प्रमुख

असारअघि नै वन मन्त्रालयमा रूख काट्ने अनुमतिका लागि फाइल पठाएको हो । स्वीकृत भएको छैन । रूख यताउता सारेर पिच गर्न पनि मिलेन । सडक सार्न कतिपय ठाउँमा बाक्लो बस्ती र घना जंगल छ । अब के गर्ने त ? फागुनदेखि पिच गर्छौँ । यही अवस्थामा पिच गर्नुको विकल्प छैन ।

दुर्घटना हुने स्थानीयको चिन्ता
स्थानीयले भने सडकमै रूख राखेर कालोपत्रे गरिँदा दुर्घटना बढ्ने चिन्ता गरेका छन् । उनीहरूले रूख काटेर मात्र कालोपत्रे गर्नुपर्ने दबाब दिएका छन् । ‘रूखमा ठोक्किएर, हाँगा खसेर दुर्घटना हुन सक्छ । त्यसैले बीचसडकमा रहेका रूख काटेर मात्र कालोपत्रे गर्नुपर्छ,’ मनेहराकी सुशीला गिरी भन्छिन् ।

रूखका कारण कालोपत्रे निर्माणमा अवरोध भएपछि आफैँले रूख काट्ने प्रयास गरे पनि वन कार्यालयले रोकेको मनेहराका स्थानीयले बताए । तर, रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ ।

प्रकाशित मिति : २०७५, १० माघ बिहीबार  ७ : ०२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय